logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • नवदुर्गा युवा क्लबकाे तेस्रो नवदुर्गा कप भलिबल प्रतियोगिता सञ्चालन हुदै

    • Heralo Reporter Heralo Reporter
    • २१ फाल्गुन २०८१ बुधबार
    नवदुर्गा युवा क्लबकाे तेस्रो नवदुर्गा कप भलिबल प्रतियोगिता सञ्चालन हुदै

    पोखरा  , हेरालाे खबर

    “युवाका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा नम्बर १३ मा अवस्थित नवदुर्गा युवा क्लबले तेस्रो नवदुर्गा कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । प्रतियोगिता २०८१ १२ महिना ३० देखि २०८२ एक महिना १ गते सम्म दुई दिन सञ्चालन हुने भएको छ ।

    खेलमा सहभागी हुने खेलाडीहरूले विभिन्न नियम पालना गर्नुपर्नेछ । राष्ट्रिय, प्रदेश र जिल्लास्तरका खेलाडीहरू सहभागी हुन पाउने छैनन्,  टिम प्रोस्टेट गर्नुपरेमा रु २००० शुल्क लाग्नेछ, खेलको समय पहिले निर्धारण गरिनेछ, सहभागी हुने खेलाडीहरूले आफ्नो परिचयपत्र खोल्ने कार्ड लिएर आउनुपर्नेछ, खेल खेल्ने क्रममा कुनै समस्याहरू आएमा त्यसको अन्तिम निर्णय रेफ्री को निर्णय अन्तिम हुनेछ, खेलमा कुनै विवाद सिर्जना भएमा आयोजकले अन्तिम निर्णय गर्नेछ । भने टिम दर्ता शुल्क रु ४००० लाग्नेछ टिम दर्ता यही चैत्र २८ गते ४ बजेसम्म गर्नुपर्ने आयोजकले बताएको छ ।

    खेलमा प्रथम हुनेलाई रु ४५ हजार मेडल सिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ, द्वितीय हुनेलाई रु ३० हजार मेडल सेल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । भने बेस्ट स्पाइकर, बेस्ट वल्कर र बेस्ट डिफेन्डर लाई पनि रु १ हजार मेडल सिल्ड र प्रदान गरिने छ । भने खेल पोखरा काहँखोला चोकदेखि ४ कि. मि. माथि आर्वामा हुने नवदुर्गा युवा क्लबका अध्यक्ष मनोज बरालले जानकारी दिए ।



    Heralo Reporter Heralo Reporter    
  • २१ फाल्गुन २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP