logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • पोखरामा होटल पौवाको “स्वाद उत्सव” : नेपाली स्वाद र संस्कृतिप्रतिकाे उत्साह

    • Heralo Reporter Heralo Reporter
    • २९ चैत्र २०८१ शुक्रबार
    पोखरामा होटल पौवाको “स्वाद उत्सव” : नेपाली स्वाद र संस्कृतिप्रतिकाे उत्साह

    पोखरा , हेरालाे खबर

    होटल पौवाले आफ्नो नवौं स्थापना वार्षिकोत्सवको अवसरमा पोखराको लेकसाइडमा “स्वाद उत्सव” को सम्पन्न गरेको छ। साेमबारदेखि शनिवारसम्म बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चलेकाे उत्सवले नेपाली खानपान, संस्कृति र आतिथ्यलाई विश्वमाझ चिनाउने लक्ष्य राखेको छ।

    होटल पौवाका महाप्रबन्धक केशव भण्डारीले उत्सवको मुख्य उद्देश्य नेपाली मौलिक स्वाद र आतिथ्यको अनुभव आन्तरिक तथा बाह्य पर्यटकलाई प्रदान गर्नु रहेकाे बताए । ‘हामी हरेक पाहुनालाई नेपाली पहिचानसहितको स्वादिलो अनुभव दिन चाहन्छौं,’ उनले भने। ‘यसले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै सेफहरूबीच गुणस्तरीय परिकार बनाउन स्वस्थ प्रतिस्पर्धा पनि गराउँछ।’

    यो उत्सवमा स्थानीय किसानका उत्पादनलाई प्राथमिकता दिइएको छ, जसबाट तयार पारिएका विविध परिकारले पाहुनाको मन जित्ने अपेक्षा गरिएको छ। साथै, नेपाली आतिथ्य र परम्परालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने यो कार्यक्रमको अर्को विशेषता हो। उत्सव अवधिभर होटल पौवाका कुनै पनि शाखामा पुगेर यी स्वादिष्ट परिकारको आनन्द लिन सकिनेछ।

    वि.सं. २०७२ चैत ९ मा पोखराको लेकसाइडमा स्थापना भएको होटल पौवा हाल आफ्नो ११औं शाखासम्म विस्तार भइसकेको छ। बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायतका स्थानमा आफ्नो सञ्जाल फैलाएको यो होटलले १० करोडको लगानीमा पोखरामा आतिथ्य सेवा सञ्चालन गरिरहेको छ।

    नेपाली संस्कृति र स्वादको संरक्षण गर्दै पर्यटकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित आयोजित यो “स्वाद उत्सव” ले पोखराको पर्यटन र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।



    Heralo Reporter Heralo Reporter    
  • २९ चैत्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP