logo
  • ४ भाद्र २०८३, बिहीबार | Thu, 20 Aug 2026
  • नेपाल भलिबल लिगको मुख्य प्रयोजक एक्सट्रीम एनर्जी ड्रिंक

    • heralokhabar heralokhabar
    • ४ भाद्र २०८३ बिहीबार
    नेपाल भलिबल लिगको मुख्य प्रयोजक एक्सट्रीम एनर्जी ड्रिंक

    हेरालाे खबर

    काठमाडौं। पुरुष भलिबलको पहिलो फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल लिग (एनभिएल) र एक्सट्रिम इनर्जीबीच सहकार्य भएको छ।

    नेपाल भलिबल लिगले बुधबार एक कार्यक्रममा आयोजना गर्दै एक्सट्रिम इनर्जीलाई मुख्य प्रायोजन घोषणा गरेको हो। उक्त सम्झौता आगामी तीन वर्षका लागि हुने लिग आयोजक केडिया ग्रुपले जनाएको छ।

    एक्सट्रिम इनर्जीकी बिजनेस हेड सोनिया राणा र नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक अश्विन केडियाले मुख्य प्रायोजनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरे। उक्त सम्झौता तीन वर्षका लागि पौने तीन करोड बराबर रहेको एनभिएलका सिईओ सन्तोष उपाध्यायले जानकारी दिए।

    नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाहले पुरूष भलिबल लिगले नेपाली भलिबल विकासमा ठूलो योगदान दिने आशा व्यक्त गरे। पहिलो संस्करणको फ्रेन्चाइज भदौ १९ देखि २७ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा हुनेछ। यसअघि भदौ ४ गतेदेखि १३ गतेसम्म हुने तयारी थियो। तर, आयोजक केडिया ग्रुप गत शुक्रबार नयाँ मिति तय गरेको हो।

    कभर्डहल उपलब्ध नभएपछि मिति नयाँ घोषणा गरिएको आयोजकले जनाएको छ। पहिलो संस्करणमा कुल ६ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्। खप्तड फाल्कन्स, मधेश वारियर्स, सगरमाथा स्म्यासर्स,काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजले पहिलो प्रतिस्पर्धा गर्दैछन्। यसका लागि गत साउन १० गते घरेलु खेलाडीको अक्सन पनि भइसकेको छ। उक्त अक्सनबाट ६ टोलीले कुल ४२ खेलाडी खरिद गरेका छन्।



    heralokhabar heralokhabar    
  • ४ भाद्र २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP