logo
  • १७ बैशाख २०८२, बुधबार | Wed, 30 Apr 2025
  • नेत्रहीन विश्वकपका लागि नेपाली टोलीको बिदाइ

    नेत्रहीन विश्वकपका लागि नेपाली टोलीको बिदाइ

    हेरालाे खबर

    पाकिस्तानमा हुन लागेको नेत्रहीन टि ट्वान्टी विश्वकप भाग लिने नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

    रुपन्देही क्रिकेट संघले भैरहवामा एक कार्यक्रमबीच बुधवार टोलीको बिदाइ गरेको हो। टोली रुपन्देहीको बेलहिया नाकाबाट भारत हुँदै पाकिस्तानतर्फ प्रस्थान गरेको छ। खेलाडी, अफिसियल, कोच, व्यवस्थापक र मेडिकल टिमसहित २१ जना टोलीमा छन् ।

    नोभेम्बर २३ देखि डिसेम्बर ३ सम्म पाकिस्तानको लाहोर र मुल्तानमा हुने विश्वकपमा नेपाली टिमले प्रतिस्पर्धा गर्ने छ ।

    सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका संस्थापक प्रेमकुमार सेन्चुरी, नेपाल क्रिकेट संघका पूर्वकार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, संघका रुपन्देही सचिव संजय गुरुङ लगायतले टोलीलाई बिदाइ गरे।

    पाकिस्तानमा हुन लागेको नेत्रहीन टि ट्वान्टी विश्वकपको यो चौथा संस्करण हो ।

    तृष्णा सम्मानित
    यसैबीच क्रिकेटर तृष्णा विश्वकर्मालाई रुपन्देहीमा नगदसहित सम्मान गरिएको छ ।

    नेपाली यू–१९ महिला टोलीकी सदस्य विश्वकर्मालाई नेपाललाई विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान गरेको भन्दै बुधबार रुपन्देही क्रिकेट संघले भैरहवामा नगदसहित सम्मान गरेको हो ।

    रुपन्देहीको ओमसतिया गाउँपालिका–१ निवासी तृष्णालाई संघले ११ हजार १ सय ११ रुपैयाँ, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।



    Heralo Reporter Heralo Reporter    
  • ६ मंसिर २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP