logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • रवि र छविलाई अदालत लगियो

    • Heralo Reporter Heralo Reporter
    • ८ कार्तिक २०८१ बिहीबार
    रवि र छविलाई अदालत लगियो

    पोखरा  , हेरालाे खबर

    सहकारी ठगी आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

    रविलाई दोस्रो र छविलाई चौथो पटक अदालतमा उपस्थित गराइएको हो । सूर्यदर्शन सहकारीको रकम अपचलनका सम्बन्धमा अनुसन्धान नसकिएको र रविको सरकारी वकिलसमक्ष बयान पनि नसकिएकाले केही दिन अझै म्याद थप हुने सम्भावना छ ।

    सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइएको छ ।

    कास्की प्रहरीका सूचना अधिकारी डीएसपी तथा अनुन्धान अधिकृत वसन्तकुमार शर्माका अनुसार रवि र छविमाथि अनसन्धान भइरहेको जानकारी दिए ।

    मंगलबार र बुधबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीका रविको बयान लिइएको थियो । बयानमा उनले सहकारीबाट ऋण नलिएको र आफूले कुनै बद्मासी नगरेको दावी गरेको स्रोत बताउँछ ।

    लामिछाने कार्तिक २ गते र छवि असोज ६ गते काठमाडौँबाट पक्राउ परेका थिए । छविको रवि पक्राउ परेकै दिन कार्तिक २ गते दशैँ बिदाको समेत हिसाव गरेर २० दिन म्याद थप भएको थियो ।

    यही बीचमा उनलाई सुप्रिम सहकारीको घोटला काण्डका सम्बन्धमा रुपन्देही लगेर बयान गराएर कास्की फर्काइएको थियो । अब रविलाई पनि रुपन्देही, चितवनलगायतका जिल्लामा लगेर बयान गराइने सम्भावना छ ।



    Heralo Reporter Heralo Reporter    
  • ८ कार्तिक २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP