logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • आज तराई र पहाडी भूभागमा हुस्सु, यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    • Heralo Reporter Heralo Reporter
    • १३ मंसिर २०८१ बिहीबार
    आज तराई र पहाडी भूभागमा हुस्सु, यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    पाेखरा , हेरालाे खबर

    देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

    तराई भूभागका केही स्थानमा तथा पहाडी भूभागका थोरै स्थानमा हुस्सु लागेको छ ।

    आज दिउँसो गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

    यस्तै गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    आज राति गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    जसका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



    Heralo Reporter Heralo Reporter    
  • १३ मंसिर २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP