logo
  • २ माघ २०८१, बुधबार | Wed, 15 Jan 2025
  • बस दुर्घटनामा १७ जना घाइते, दुई घरमा क्षति

    • Heralo Reporter Heralo Reporter
    • ३२ श्रावण २०८१ शुक्रबार
    बस दुर्घटनामा १७ जना घाइते, दुई घरमा क्षति

    डोटी , हेरालाे खबर

    दिपायल सिलगढी नगरपालिका-४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

    धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान सिलगढीस्थित रेडियो नेपाल नजिक केआइसिंह राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए।

    दुर्घटनामा घाइते भएकाको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।

    वस्ती भएको ठाउँमा खसको बसले दुइवटा घरमा क्षति पुर्‍याएको छ भने दुई जना स्थानीय घाइते भएको डिएसपी भट्टराइले जानकारी दिए।



    Heralo Reporter Heralo Reporter    
  • ३२ श्रावण २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP