इन्टरनेशनल प्रथम खुल्ला फुटसल प्रतियोगिता भव्य रूपमा सम्पन्न
भोटे मेन्टेन फुटसल क्लव विजेता
काठमाडौं |राजधानी काठमाडौंमा आयोजित इन्टरनेशनल इभेन्टस् नेपालले आयोजना गरेको इन्टरनेशनल खुल्ला फुटसल प्रतियोगिता कार्यक्रम बुढानिलकण्ठ स्थित देवि स्पोर्टस कल्वमा भव्य रूपमा सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा भोटे मेन्टेन फुटसल क्लवले उत्कृष्ट प्रदर्शन गर्दै रु एक लाख नगद ट्रफि र प्रमाणपत्र सहित उपाधि चुम्न सफल भएको हो । फाइनल खेलमा हिमालयन फुटसल क्लवलाई पराजित गर्दै भोटे मेन्टेन फुटसल क्लव विजेता बन्न सफल भएको हो । उप विजेता हिमालयन फुटसल क्लवले रु ५० हजार नगद सहित ट्रफि र प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख श्री मितराम अधिकारीले प्रदान गर्नु भएको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि भोटे मेन्टेन फुटसल क्लवका खेलाडी सञ्जय लामा ले प्राप्त गरे भने, हिमालयन फुटसल क्लवका दिपेश श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । त्यस्तै, विप्लेका टिमका सुरज मगर ले सर्वाधिक गोलकर्ताको उपाधि हात जार्न सफए भए उनीहरुलाई जनही रु पाँचहजार नगद सहित प्रमाण पत्र प्रदान गरीएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य हिरा भुजेल र अनिता बस्नेत विशेष अतिथिका रूपमा उपस्थित रहेको थियो ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक टोलीका अन्तर्राष्ट्रिय कार्यकारी निर्देशक नविन प्रधानले सबै सहभागी, दर्शक, प्रायोजक र स्वयंसेवकलाई आभार प्रकट गर्दै आगामी दिनमा अझ ठूलो, समावेशी र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने बताउनु भयो । उक्त कार्यक्रमलाई मुख्य प्रायोजन आइसियस माइग्रेशन कन्सल्टेन्सीले गरेको थियो । अन्य प्रायोजकमा एक्सट्रिम इनर्जी ड्रिङ्स,व्रिटानीया विस्कुट,टेलीटाइम्स घडीस्वरुम, केटीयम फ्रोजन र लाभा हार्डवयरले रहेको नेपालका लागि कार्यक्रम व्यवस्थापक तथा सस्थाका प्रवन्ध निर्देशक श्रवण कुमार कुवरले जानकारी दिनु भयो ।
प्रतिक्रिया