logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • नेपाल साफ यु–२० उपाधि नजिक

    • heralokhabar heralokhabar
    • ९ भाद्र २०८१ आईतवार
    नेपाल साफ यु–२० उपाधि नजिक

    हेरालो खबर

    काठमाडौं। गोलकिपर जियारथ शेखले टाइब्रेकरमा भुटानका दुई खेलाडीको प्रहार बचाउँदै नेपाललाई साफ यु–२० च्याम्पियनसिपको उपाधिनजिक पुर्‍याएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

    टाइब्रेकरमा नेपालका राम थापा, अविनाश स्याङ्तान, सीमान्त थापा र जियारथ शेखले गोल गरे। भुटानका जेत्सुन दोर्जीले गोल गरे पनि जिग्मे न्याम्गेल र युग्येन दोर्जीको प्रहार जियारथले बचाए।

    त्यसअघि ५६औं मिनेटमा जेत्सुइन दोर्जीले गोल गर्दै भुटानलाई सुरुआती अग्रता दिलाएका थिए। उनले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार जियारथले सही जर्जमेन्ट गर्न सकेनन्।

    भुटान ७७औं मिनेटमा १० खेलाडीमा सीमित बन्यो। नेपालका खेलाडीमाथि फाउल गरेपछि किन्जाङ तेन्जिङलाई रेफ्रीले रातो कार्ड देखाउँदै बाहिर पठाएका थिए। निर्धारित समय सकिन १२ मिनेट बाँकी रहँदा नीराजन धामीले नेपाललाई खेलमा फर्काए।

    रातो कार्डपछि नेपालले पाएको फ्रिकिकमा लछु थापाले दिएको हुक बललाई नीराजनले करिब सिक्स यार्ड बक्समा हेड गर्दै बललाई जाली चुमाए। जारी प्रतियोगितामा उनको यो दोस्रो गोल हो। समूहचरणमा उनले श्रीलंकाविरुद्ध निर्णायक गोल गरेका थिए।

    अब नेपालले डिफन्डिङ च्याम्पियन भारत र बंगलादेशबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ। यी दुईबीचको खेल सोमबार हुनेछ।



    heralokhabar heralokhabar    
  • ९ भाद्र २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP