logo
  • ३ कार्तिक २०८२, आईतवार | Sun, 19 Oct 2025
  • बैंकर्स एसोसिएसन र भिसाबीच सहकार्यका लागि सम्झौता

    • heralokhabar heralokhabar
    • ३१ श्रावण २०८२ शुक्रबार
    बैंकर्स एसोसिएसन र भिसाबीच सहकार्यका लागि सम्झौता

    हेरालो खबर
    काठमाडौं । नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले विश्वकै अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक भिसासँग सहकार्य सम्झौतामा हस्ताक्षर गरेको छ ।उक्त सम्झौताअन्तर्गत नेपालका वित्तीय क्षेत्रभित्र साइबर सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि र क्षमता विकासका लागि विभिन्न कार्यक्रम र गतिविधि सञ्चालन गरिनेछ ।

    नेपालमा डिजिटल भुक्तानी प्रवर्द्धनमा लामो समयदेखि साझेदार रहेका एनबीए र भिसाले यस पटक रणनीतिक रूपमा साइबर सुरक्षालाई प्राथमिकतामा राखेर सहकार्य गर्ने भएका छन् । संयुक्त पहलअन्तर्गत प्रादेशिक स्तरमा गतिविधिहरू सञ्चालन गर्ने र सरोकारवाला निकायहरूसँग विशेष अन्तरक्रिया सत्रहरू आयोजना गर्ने योजना छ ।

    मुख्य रूपमा, यो साझेदारी अन्तर्गत नेपालका सबै प्रदेशहरूमा साइबर सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । प्रादेशिक गतिविधिहरूलाई सघाउनका लागि, विभिन्न निकायका सरोकारवाला तथा नियामक संस्थाका प्रतिनिधिहरू सहभागी हुने एक व्यापक कार्यक्रम पनि आयोजना गरिनेछ । यसका साथै, भिसाका प्रतिनिधि र बैंकका अधिकारीहरूबीच विशेष अन्तरक्रिया सत्र पनि हुनेछन् ।

    एनबीए र भिसाले विश्वास गरेका छन् कि यो रणनीतिक साझेदारीले नेपालमा भुक्तानी प्रणालीलाई थप मजबुत बनाउन, साइबर सुरक्षा सम्बन्धी जनचेतना फैलाउन, क्षमता अभिवृद्धि गर्न र अन्तर्राष्ट्रिय अनुभवबाट सिक्ने अवसर प्रदान गर्नेछ ।



    heralokhabar heralokhabar    
  • ३१ श्रावण २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP