logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • एनएमबी लघुवित्त लमहीले गर्याे वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम

    • heralokhabar heralokhabar
    • २५ माघ २०८१ शुक्रबार
    एनएमबी लघुवित्त लमहीले गर्याे वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम

    २५ माघ, हेरालाे खबर, दाङ । दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ४ लमहीमा रहेको एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय लमहीले ग्राहक केन्द्रीत वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ। लमही शाखा कार्यालयले पुष ५ गतेदेखि हालसम्म कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    अभियानमा कर्जाको आवश्यकता , बचतको प्रकार, बचत तथा कर्जाको फाइदा तथा बेफाइदा, कर्जा लिँदा ध्यान दिनुपर्ने कुराहरु ,कर्जा सदुपयोगिता, बीमा सेवा ,पासबुकको प्रयोग, एम्पासबुकको महत्त्व र फाइदा ,नगद जम्मा भौंचरको महत्व ,केन्द्र समूह र केन्द्र प्रमुखको भूमिका तथा केन्द्र सञ्चालन लगायतका विषयमा सचेतनामूलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको शाखा कार्यालय लमहिका शाखा प्रबन्धक उमा ओलिले जानकारी दिनुभयो। कार्यक्रममा संस्थाका कर्मचारीहरू निमा कुमारी चौधरी ,अनिता चौधरी र जानकि बुढाथोकी ले सहजिकरण गर्नुभएकाे छ । कार्यक्रममा सहभागी सदस्य जमुना बोहराले  कर्जा, बचत, बीमा लगायतमा एनएमबि लघुवित्त नै राम्रो रहेकाेले आगामी दिनमा गाउँका दिदिबहिनीहरुलाई पनि यसमै आबद्ध गराउने बताउनुभयाे ।

    उक्त नगरपालिकामा वडा नम्बर १, २, ३, ५, ६ र राप्ती गाउँपालिका का वडा नम्बर २ र ३ का करिब ४ सय घरधुरीमा आफ्नो कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ। गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तका लघुवित्तका प्रदेशमा १४८ वटा शाखा कार्यालय रहेका छन् ।



    heralokhabar heralokhabar    
  • २५ माघ २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP