logo
  • १९ कार्तिक २०८१, सोमबार | Mon, 04 Nov 2024
  • आज देशभर मेघगर्जन-चट्याङ्गसहित बर्षाको सम्भावना

    • Heralo Reporter Heralo Reporter
    • १९ आश्विन २०८१ शनिबार
    आज देशभर मेघगर्जन-चट्याङ्गसहित बर्षाको सम्भावना

    पाेखरा , हेरालाे खबर

    देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    विभागका अनुसार कोशी, मधेस र बागमती प्रदेशको पूर्वी भूभागमा साधारण बदली रही बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो गण्डकी, कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ ।

    गण्डकी, कोशी, मधेस बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।



    Heralo Reporter Heralo Reporter    
  • १९ आश्विन २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP