logo
  • २६ फाल्गुन २०८२, मंगलवार | Tue, 10 Mar 2026
  • नेपाली बजारमा चिनियाँ ब्रान्ड फोटोनको पिकअप ‘टुनल्यान्ड जी७’​ गाडी सार्वजनिक

    • heralokhabar heralokhabar
    • ९ असार २०८२ सोमबार
    नेपाली बजारमा चिनियाँ ब्रान्ड फोटोनको पिकअप ‘टुनल्यान्ड जी७’​ गाडी सार्वजनिक

     

    हेरालो खबर

    काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्रान्ड फोटोनको पिकअप ‘टुनल्यान्ड जी७’​ गाडी सार्वजनिक गरेको छ । नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले एक कार्यक्रम आयोजना गर्दै औपचारिक रूपमा गाडी सार्वजनिक गरेको हो ।

    गाडी सार्वजनिक कार्यक्रममा बोल्दै एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले नेपालमा फोटोको १५ सय भन्दा बढी बिक्री भइसकेको बताए । ‘हामीले पछिल्लो ५–६ वर्षमा १५ सयभन्दा बढी फोटोन सवारी साधन बिक्री गरिसकेका छौं, जसमा ५०० भन्दा बढी पिकअपहरू पर्छन्,’ उनले भने ।

     


    कम्पनीले आफ्टर सेल्स सर्भिस र स्पेयर पार्ट्सको मामलामा कुनै कसर बाँकी नराखेको सिकारियाले बताए । रोकथाम मेनटेनेन्स देखि एक्सिडेन्टल मर्मतसम्म जी७ को मर्मत खर्च बजारमा अन्यको तुलनामा २० प्रतिशत कम रहेको उनको भनाइ छ ।

    बलियो र इन्टेलिजेन्सको खोज गर्ने यात्रुहरूको निकै उपयुक्त रहेको टुनल्यान्ड जी७ मा १६० एचपी पावर र ३९० एनएम टर्क उत्पन्न गर्न सक्ने क्षमता छ । २२५ मिमीको उच्च ग्राउन्ड क्लियरेन्स भएको यो गाडी नेपाल जस्तो भूगोल सुहाउँदो रहेको छ भने जस्तो सुकै अफ रोडमा पनि मज्जाले कुद्ने कम्पनीको दाबी छ ।

    गाडीमा भएको हिल होल्ड कन्ट्रोल, हिल डिसेण्ट कन्ट्रोलले उकालो चढाई र ओर्लाइ दुवैलाई सुरक्षित बनाउनुको साथै पुस–स्टार्ट इञ्जिन बटन सजिलै पहुँचयोग्य हुनेगरी सहजता दिइएको छ । गाडीको भित्री भागमा १२.३ इन्चको इन्फिनिटी स्क्रिन राखिएको छ । जसले नेभिगेसन र मनोरञ्जनको आवश्यकता पूरा गर्ने कम्पनीले बताएको छ ।

    गाडीमा तातो र चिसो हुने १२ तरिकाले एडजस्ट गर्न सकिने इलेक्ट्रिक सिटहरू छन् । जसले चालक र यात्रुलाई मौसम अनुकूल आरामदायी अनुभव प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । फोटोन टुनल्यान्द जी७ को सुरुवाती मूल्य एलिटका लागि ५१ लाख ९९ हजार रुपियाँ तोकिएको छ भने, लक्जरीका लागि ६५ लाख ५० हजार रुपियाँ तोकिएको कम्पनीले जनाएको छ ।

    यस्तै, टुनल्यान्ड जी७ दुई भेरियन्टमा उपलब्ध छ । यी दुवै भेरियन्टमा उच्च टर्क र इन्धन दक्षताका लागि चिनिएको बलियो २।० लि। डिजेल इञ्जिन छ ।गाडीमा १०।२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, रियर–भ्यू क्यामेरा, डुअल एयरब्याग, एबीएस विथ ईबीडी, हिल होल्ड असिस्ट र इलेक्ट्रोनिक डिफरेन्सियल लक जस्ता फिचर समावेश छन् ।

    यसअघि टुनल्यान्ड जी७ ले २३ दिनमै ८ वटा उच्च र कठोर अफ–रोड भूभागहरू पार गर्ने विश्वकै पहिलो पिकअपका रूपमा इतिहास रचिसकेको छ । नेपालमा डेब्यु गर्नु अघि यो गाडी १५ हजार किलोमिटरको कठिन परीक्षणमा टेस्ट गरिएको थियो ।



    heralokhabar heralokhabar    
  • ९ असार २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP