logo
  • ९ पुष २०८२, बुधबार | Wed, 24 Dec 2025
  • श्रीलंकाली पुलिसलाई पराजित गर्दै हेल्प नेपालले काभा च्याम्पियन लिगमा तेस्रो 

    • heralokhabar heralokhabar
    • ७ श्रावण २०८२ बुधबार
    श्रीलंकाली पुलिसलाई पराजित गर्दै हेल्प नेपालले काभा च्याम्पियन लिगमा तेस्रो 

    श्रीलंकाली पुलिसलाई पराजित गर्दै हेल्प नेपालले काभा च्याम्पियन लिगमा तेस्रो

    हेरालाे खबर

    काठमाडौं । नेपाली भलिबलको उदीयमान शक्ति टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब ले अन्तर्राष्ट्रिय स्तरमा फेरि एक पटक गौरवपूर्ण सफलता हासिल गरेको छ। माल्दिभ्समा सम्पन्न काभा मेन्स च्याम्पियन्स लिग २०२५ मा क्लबले श्रीलंकाको पुलिस क्लबलाई पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्दै कास्य पदक जित्न सफल भएको हो।

     

    तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धात्मक खेलमा हेल्प नेपालले श्रीलंकाली प्रतिद्वन्द्वीलाई ३(१ को सेटमा हरायो। पहिलो सेट २५(२० र दोस्रो सेट २५(१५ को सहज जितपछि तेस्रो सेट २०(२५ ले गुमाएको भए पनि, निर्णायक चौथो सेटमा २५(२३ को जित निकाल्दै नेपालको झण्डा पुनः अन्तर्राष्ट्रिय भलिबल मञ्चमा फहराएको छ।
    यसअघि ५ मध्ये ४ खेलमा विजय हासिल गर्दै लिग चरणमा नै आफ्नो बलियो उपस्थिति जनाइसकेको हेल्प नेपालले, गत वर्ष स्वदेशमा सम्पन्न प्रतियोगितामा रजत पदक जितेको थियो। यो वर्ष कास्य पदक जित्दै लगातार दुई संस्करणमा पदक जित्ने एक मात्र नेपाली क्लब बन्न सफल भएको छ।
    यस ऐतिहासिक जितसँगै, हेल्प नेपालले नेपाली भलिबललाई अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्न सक्ने सामर्थ्य राख्ने कुरा फेरि प्रमाणित गरेको छ। टिपटप ग्रुपको निरन्तर समर्थन र खेलाडीहरुको समर्पणले क्लबलाई दक्षिण एसियाली स्तरमा एउटा सम्मानित नाम बनाउँदै लगेको छ।
    टिपटप ग्रुपको लगानीले नेपाली भलिबलमा नयाँ आयाम थपेको छ। आधुनिक व्यवस्थापन, खेलाडीहरुको हौसला र अन्तर्राष्ट्रिय अनुभवमा लगानी गर्दै आएको यस समूहले देशमा खेलकुदको व्यवसायिक र अन्तर्राष्ट्रियकरणको नयाँ बाटो देखाएको छ। खेलाडी मात्र होइन, सम्पूर्ण नेपाली खेलप्रेमीले यस योगदानको कदर गर्नुपर्ने समय आएको छ।



    heralokhabar heralokhabar    
  • ७ श्रावण २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP