logo
  • १७ बैशाख २०८२, बुधबार | Wed, 30 Apr 2025
  • विश्वकप लिग टुमा अमेरिकामाथि नेदरल्यान्ड्सको जित

    • Heralo Reporter Heralo Reporter
    • ३२ श्रावण २०८१ शुक्रबार
    विश्वकप लिग टुमा अमेरिकामाथि नेदरल्यान्ड्सको जित

    हेरालाे खबर

    नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा अमेरिकामाथि जित हासिल गरेको छ ।

    आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा घरेलु टोलीले अमेरिकामाथि जित हात पारेको हो ।

    नेदरल्यान्ड्सको स्पोर्टपार्क वेस्टवलेट, द हेगमा बिहिबार भएको खेलमा घरेलु टोलीले अमेरिकामाथि १९ रनको जित हात पारेको हो ।

    नेदरल्यान्ड्सले दिएको २ सय ३८ रनको मध्यम लक्ष्य पछ्याएको अमेरिकाले ४९.५ ओभरमा अल आउट हुदै २ सय १८ रन मात्र बनायो ।

    अमेरिकाका लागि का लागि मिलिन्ड कुमारले सर्वाधिक ६९ रन जोडे । उनले ७९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

    आरोन जोन्सले ७० बलमा ४७, ओपनर स्मिथ पटेलले ४६ बलमा ३८, शाल्डि भान साक्वयले ४९ बलमा २१, शयान जाहिङ्गरले २५ बलमा २० रन बनाए ।

    नेदरल्यान्ड्सका भिभियन किंग्माले ३, आर्यान दत्त, पल भान मेकरम र शरिज अहमदले समान २ तथा काइल क्लेनले १ विकेट लिए ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३७ रन जोडेको थियो ।

    नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवाडर्सले सर्वाधिक ६५ रन जोडे । उनले ५५ बलमा ६ चौका प्रहार गरेका थिए । विक्रमजित सिंहले ८३ बलमा ५९, म्याक्स ओडाउडले ६७ बलमा ४९, काइल क्लेनले १३ बलमा अविजित १८ तथा शरिज अहमदले ४१ बलमा १६ रन थपे ।

    ८ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्यान्ड्स ८ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । पराजित अमेरिका २ अंकका साथ छैटौं स्थानमा छ । स्कटल्यान्ड ९ अंकका साथ शीर्ष स्थानमा रहेको छ

    अंकतालिकामा २ अंकका साथ नेपाल सातौं स्थानमा छ । लिग टुको शीर्ष चार टोलीले सन् २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउने छन् ।



    Heralo Reporter Heralo Reporter    
  • ३२ श्रावण २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP