logo
  • ३ कार्तिक २०८२, आईतवार | Sun, 19 Oct 2025
  • काठमाडौँबाट लमजुङ आउँदै गरेको गाडी दुर्घटनाग्रस्त, चालकको मृत्यु

    • Heralo Reporter Heralo Reporter
    • १९ आश्विन २०८१ शनिबार
    काठमाडौँबाट लमजुङ आउँदै गरेको गाडी दुर्घटनाग्रस्त, चालकको मृत्यु

    पोखरा , हेरालाे खबर

    काठमाडौँबाट लमजुङ आउँदै गरेको हायलक्स गाडी नुवाकोटमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सो दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

    दुर्घटनाग्रस्त गाडी हाइड्रोपावर कम्पनीको भएको बताइएको छ । बा१४च ३८५५ नम्बरको गाडी आज बिहान टोखा-छहरे सडक खण्डबाट करिब पाँच सय मिटर तल खसेको बताइएको छ ।

    घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ । गाडीमा ६ जना यात्रु रहेको बताइन्छ । थप विवरण आउन बाँकी छ ।

    नागढुंगातर्फको बाटोमा घण्टौँ जाम हुने र जोखिमपूर्ण पनि भएको भन्दै धेरै सवारी चालकले नुवाकोटको बाटो प्रयोग गर्ने गरेका छन् ।

    सोही बाटो भएर आउनेक्रममा केही दिन अघि पोखरा आउँदै गरेको गाडी पनि दुर्घटना भएको थियो ।



    Heralo Reporter Heralo Reporter    
  • १९ आश्विन २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP