logo
  • १७ बैशाख २०८२, बुधबार | Wed, 30 Apr 2025
  • यु १९ क्रिकेट – सुदूरपश्चिमको लगातार चौथो जित

    • Heralo Reporter Heralo Reporter
    • १९ कार्तिक २०८१ सोमबार
    यु १९ क्रिकेट – सुदूरपश्चिमको लगातार चौथो जित

    हेरालाे खबर

     एजेन्सी ,   सुदूरपश्चिम प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृती राष्ट्रिय यु १९ क्रिकेट प्रतियोगितामा लगातार चौथो खेलमा जित हासिल गरेको छ ।

    आफ्नो पाँचौ खेलमा चौथो जित हात पार्ने क्रममा सुदूरपश्चिमले बागमती प्रदेशमाथि आइतवार भएको खेलमा ५ विकेटको जित हात पार्यो ।

    बागमतीले दिएको १ सय ३० रनको लक्ष्य सुदूरले २८.५ ओभरमा ५ विकेट गुमाउदै भेट्यो ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ४१ ओभरमा अल आउट हुदै १ सय ४१ रनको योगफल तयार गरेको थियो ।

    आइतवारै भएको अर्को खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशमाथि २ विकेटको जित हात पार्यो । कर्णालीले दिएको १ सय २ रनको लक्ष्य गण्डकीले २६.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ३८.१ ओभरमा अल आउट हुदै १ सय १ रनमा समेटिएको थियो ।

    गण्डकी ६ खेलमा ६ अंकका साथ तेस्रो स्थानमा रहँदै फाइनल प्रवेशको सम्भावना कायमै गरेको छ । ४ खेलमा अंकबिहीन कर्णाली तालिकाको पुछारमा छ ।



    Heralo Reporter Heralo Reporter    
  • १९ कार्तिक २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP