logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • मानहुँकोट घुम्न गएका पोखराका १३ युवामाथि सांघातिक आक्रमण, पाँच जना गम्भीर

    • Heralo Reporter Heralo Reporter
    • ७ कार्तिक २०८१ बुधबार
    मानहुँकोट घुम्न गएका पोखराका १३ युवामाथि सांघातिक आक्रमण, पाँच जना गम्भीर

    पोखरा  , हेरालाे खबर

    पोखराबाट तनहुँको मानहुँकोट घुम्न गएका १३ जनाको समूहमाथि सांघातिक आक्रमण भएको छ । यो घटना गत शुक्रबारको बिहानको हो ।

    तनहुँको व्यास नगरपालिकास्थित बेलवासलगायतका युवाको समूहले पोखराको समूहमाथि सांघातिक आक्रमण गरेका हुन् ।

    उनीहरुले खुकुरी, लाठी, हेलमेटले आक्रमण गरेको पाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घटनामा पाँच पोखरेली युवा गम्भीर तथा अन्य सामान्य घाइते भएका थिए । गम्भीर घाइतेलाई टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । उनीहरुको तनहुँस्थित दमौली अस्पतालमा उपचार भइरहेको छ ।

    आक्रमणमा परी घाइते हुनेमा पोखरा-१५ नयाँगाउँका २७ वर्षीय बिपिन गुरुङ, पोखरा-१६ दीपका ३२ वर्षीय रामेश्वर धिताल, स्याङजा वालिङ-८ घर भई हाल पोखरा-११ रानीपौवा बस्ने २९ बर्षीय युवराज गुरुङ, रानीपौवाकै २७ बर्षीय बिष्णु गुरुङ र पोखरा-१८ साराङकोटका २९ बर्षीय सिद्धार्थ डङ्गोल छन् ।

    आक्रमणकारी समूहले पोखरेली समूहको नगद, घडी, मोवाइल, बेरुवा औँठी, एटीएम कार्डलगायतका सामग्रीसमेत लुटपाट गरेको प्रहरीको भनाइ छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार आक्रमणकारी समूहका पाँच जनालाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको छ ।

    पीडित युवाले जिल्ला प्रहरी कार्यालय तनहुँमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दायर गरेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।

    स्रोतका अनुसार सात वटा मोटरसाइकलमा १३ जना पोखरेली युवा मानहुँकोट घुम्न गएका थिए । शुक्रबार बिहान मानहुँकोटमा रमाइलो गरिरहेका अवस्थामा ती युवामाथि एक्कासि आक्रमण भएको थियो ।



    Heralo Reporter Heralo Reporter    
  • ७ कार्तिक २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP