logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • भेरिगङ्गाकाे जनज्योती माविमा एनएमबि लघुवित्तकाे वित्तीय साक्षरता कार्यक्रम

    • heralokhabar heralokhabar
    • ६ चैत्र २०८२ शुक्रबार
    भेरिगङ्गाकाे जनज्योती माविमा एनएमबि लघुवित्तकाे वित्तीय साक्षरता कार्यक्रम

    हेरालो खबर, चैत्र ६, पोखरा । जिल्लाको भेरीगंगा नगरपालिका वडा न–९ मा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जहरेले ग्लोबल मनी विक २०२६ को “स्मार्ट मनि टक्स” भन्ने नारालाई आत्मसात गर्दै वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम भेरिगङ्गा नगरपालिका ६ मा रहेको श्री जनज्योती माध्यमिक विधालयका बिद्यार्थीहरु लाई लक्षित गरि एकदिने बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

    उक्त कार्यक्रममा एनएमबि लघुवित्त वित्तीय संस्थाका कर्णाली प्रादेशिक कार्यालयका क्षेत्रिय प्रवन्धक श्री बेग बहादुर वलीले कर्जाको सदुपयोगीता, बचतको महत्व, आम्दानी खर्चको बजेट निर्माण, डिजिटल बैकिंगको प्रयोग, शेयर कारोवार सम्वन्धी जानकारी लागएतका वित्तीय बिषयहरुमा सहजिकरण गर्नुभएको थियो ।उक्त कार्यक्रममा विद्यालयका करिव ८० जना विद्याथीहरुको सहभागीता रहेको थियो ।

    कार्यक्रममा जहरे शाखा प्रबन्धक श्री धनु तारामी मगर , कर्मचारी श्री याम कुमारी बुढाक्षेत्री, श्री लालु बुढा ,श्री ललिता बुढा तथा विद्यालका प्रधानाध्यापक श्री मान बहादुर वली र शिक्षक तथा कर्मचारीहरुको सहभागाीता रहेको थियो ।

    विश्व भर मनाइने ग्लोबल मनी विक (Global Money week 2026 )कार्यक्रमलाई नेपालमा नेपाल राष्ट्र बैंकको समन्वयमा सन् २०१२ देखी हरेक बर्ष मार्च महिनामा बिभिन्न वित्तीय संस्थाहरुले मनाउदै आएका छन् । युवाहरुमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउनुका साथै युवाको वित्तीय ज्ञान र सीपलाई व्यावहारिक रुपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गरी आर्थिक सम्वृद्धिमा सघाउ पुयाउने कार्यक्रमको उद्देश्य रहेको शाखा कार्यालय जहरेका शाखा प्रवन्धक श्री धनु तारामी मगरले कर्णाली अनलाईनलाई जानकारी दिनुभयो ।



    heralokhabar heralokhabar    
  • ६ चैत्र २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP