logo
  • २१ कार्तिक २०८२, बिहीबार | Thu, 06 Nov 2025
  • राष्ट्रपतिमा डोनाल्ड ट्रम्पकाे जीत सुनिश्चित

    • Heralo Reporter Heralo Reporter
    • २१ कार्तिक २०८१ बुधबार
    राष्ट्रपतिमा डोनाल्ड ट्रम्पकाे जीत सुनिश्चित

    पाेखरा , हेरालाे खबर

    अमेरिकाकाे राष्ट्रपतिमा डोनाल्ड ट्रम्पकाे जीत सुनिश्चित भएकाे छ । अमेरिकामा अबको केही समयमै आगामी राष्ट्रपति को हुने भन्ने छिनोफानो हुँदै गर्दा भारी मतान्तरसहित ट्रम्प राष्ट्रपति सुनिश्चित भएको हो ।

    बिहान सकिएको मतदानसँगै थालिएको मतगणनाले धमाधम आइरहेको छ । अहिलेसम्म ५० मध्ये ४३ राज्यको मतपरिणाम आउँदा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले २७ राज्य जितेका छन् भने डेमोक्रेटिक उम्मेदवार कमलादेवी ह्यारिसले १५ राज्यमा जित हासिल गरेकी छिन् ।

    राष्ट्रपतिको निर्वाचन जित्नका लागि उम्मेदवारले कुल ५० राज्यका ५३८ मध्ये २७० इलेक्टोरल भोटको बहुमत प्राप्त गर्नुपर्ने हुन्छ । अहिलेसमम्म ट्रम्पले २६७ भोट जितिसकेका छन् । ह्यारिस निकै पछाडि छिन् । उनी दुई सयको नजिक छिन् ।

    उलटफेर गर्ने ७ स्विङ राज्यमै ट्रम्प हावी भएपछि ह्यारिसले हार्ने पक्का भएको हो ।  अमेरिकी राजनीतिमा अहिलेसम्म कुनै पनि महिला राष्ट्रपति भएका छैनन् ।

    यसपालि पनि ह्यारिस कमजोर सावित भइन् । २३० वर्षे अमेरिकी इतिहासमा पुरुष नै हावी छन् । ह्यारिस वर्तमान उपराष्ट्रपति हुन् भने ट्रम्प पूर्व राष्ट्रपति हुन् ।

    संसदीय चुनावमा पनि रिपब्लिकन अगाडि

    संसदीय चुनावमा पनि रिपब्लिकनले अग्रता लिएको छ । हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनले १९२ तथा डेमोक्रेटिकले १६६ सिट जित्दा सिनेटमा रिपब्लिकनले ५१ तथा डेमोक्रेटिकले ४२ सिट जितेको छ । सिनेटमा रिपब्लिकनले बहुमत हासिल गरिसकेको छ ।



    Heralo Reporter Heralo Reporter    
  • २१ कार्तिक २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP