logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • पोखराको नागढुङ्गामा खुल्यो तालबाराही अटोमोबाइल्स

    • Heralo Reporter Heralo Reporter
    • १८ आश्विन २०८१ शुक्रबार
    पोखराको नागढुङ्गामा खुल्यो तालबाराही अटोमोबाइल्स

    पोखरा ,हेरालाे खबर

    पोखरा नागढुङ्गामा सबै किसिमका सवारीसाधनका लागि आवश्यक टायरको आउटलेट तालबाराही अटोमोबाइल्स सञ्चालनमा आएको छ । पोखराको चाउथेमा रहेको भद्रकाली टायर रिसोलिङले आफ्नो शाखा विस्तार गरेको हो ।

    बजारको मागलाई मध्यनजर गरी नागढुङ्गामा शाखा विस्तार गरेको युवा व्यवसायी हुमबहादुर खत्री ‘अर्जुन’ ले जानकारी दिए ।

    विगत १३ बर्षदेखि टायर रिसोलिङ तथा बस ट्रकको नयाँ टायरको सेवा दिंदै आएको कम्पनीले नागढुङ्गा शाखाबाट मोटरसाइकल, स्कुटर, कार, जीप, भ्यानलगायत सबै सवारी साधनको जुनसुकै साइटका नयाँ टायर विक्रीवितरण हुनेछ ।

    शाखाबाट इण्डियन तथा चाइनिज ब्राण्डका टायर विक्री हुनेछ । पोखरा बजार तथा सिद्धार्थ हाइवे लक्षित गरी सेवा विस्तार गरिएको अर्का सञ्चालक हितेष अधिकारीले बताए ।

    विस्तारित शाखामा भद्रकाली टायर रिसोलिङबाट दिदैं आएको सेवालाई यथावत राख्दै मोटरसाइकलदेखि बस, ट्रक तथा ट्रयाक्टरका सम्पुर्ण साइजका टायर सर्वसुलभ तथा सुपथ मुल्य उपलब्ध गराएको सञ्चालक खत्रीले बताए ।

    अत्याधुनिक हाइड्रोलिक प्रविधिबाट टायर खोल्ने फिटिङ गर्ने, निःशुल्क खोल्ने तथा फिटिङ गर्ने, टायरको हावा चेक गर्ने, टायरसम्बन्धी परामर्श सेवा प्रदान गरिएको छ ।

    निकट भविष्यमा आधुनिक प्रविधिमा भाइकिंग गाडीको टयुबलेस टायर रिसोलिंगको शुरुवात गर्ने केसीको योजना छ ।



    Heralo Reporter Heralo Reporter    
  • १८ आश्विन २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP