हेरालाे खबर
मिक्लाजुङ गाउँपालिकाको केन्द्र रवि बनाजमा अर्को महिना रवि गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
रवि गोल्डकपको छेटौं संस्करण चैत २५ देखि २०८२ वैशाख १ गते सम्म हुने आयोजक राइजिङ स्टार क्लबले सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
प्रतियोगिता ५ वर्षपछि आयोजना हुन लागेको हो। २०७६ मा कोभिडको कारणले छैटौं संस्करण रोकिएको थियो ।
प्रतियोगितामा ३ विदेशीसहित ८ टोलीको सहभागिता रहने आयोजक राइजिङका सचिव मदन राईले बताए ।
प्रतियोगितामा लाइटगेट फुटबल क्लब घाना,युके एफसी कर्साङ भारत, राइजिङ स्टार स्पोर्टिङ क्लब दार्जिलिङ, पथरी ११ मोरङ, सलहेश क्लब सिरहा, भाङबारी फुटबल क्लब दमक, आठकर्ण फुटबल क्लब पाँचथर र आयोजक राइजिङ को सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट , उदीयमान , सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले पनि पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको मुख्य प्रबद्धक मिक्लाजुङ गाउँपालिका रहेको छ ।
प्रतिक्रिया