पोखरा , हेरालाे खबर
भारत उत्तर प्रदेशको बिजनौरमा शनिबार बिहान सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
धामपुर थाना क्षेत्रमा क्रेटा कार र अटोरिक्सा एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
कारले अर्को गाडीलाई ओभरटेक गरिरहेको बेला अचानक लेन परिवर्तन गरी अटोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटोमा सवार सात जनाको मृत्यु भएको मृत्यु प्रहरीले जनाएको छ ।
मृतक सबै धामपुर क्षेत्रका बासिन्दा रहेको उनीहरु मुरादाबाद रेलवे स्टेसनबाट फर्किरहेका थिए ।
घटनास्थलमा छ जनाको मृत्यु भएको हो भने अटो चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
कार चालकविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
प्रतिक्रिया