logo
  • २७ आश्विन २०८१, आईतवार | Sun, 13 Oct 2024
  • अस्ट्रेलियामाथि इङ्ग्ल्यान्डको जित

    अस्ट्रेलियामाथि इङ्ग्ल्यान्डको जित

    हेरालाे खबर

    एजेन्सी – घरेलु टोली इङ्ग्ल्यान्डले शुक्रवार अस्ट्रेलियालाई दोस्रो टि ट्वान्टीमा ३ विकेटले पराजित गरेको छ ।

    जितसँगै इङ्ल्यान्डले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो खेल अस्ट्रेलियाले २८ रनले जितेको थियो ।

    कार्टिफमा भएको खेलमा अस्ट्रेलियाले दिएको १ सय ९४ रनको लक्ष्य घरेलु टोलीले १९ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

    टोलीका लागि लियम लिविगंस्टोनले सर्वाधिक ८७ रन जोडे । प्लेयर अफ द म्याच भएका उनले ४७ बलको सामना गर्दै ६ चौका र ५ छक्का प्रहार गरे ।

    जाकोब बेथहिलले २४ बलमा ४४, ओपनर तथा कप्तान फिल साल्टले २३ बलमा ३९ तथा अर्का ओपनर विल ज्याक्सले १२ रन जोडे । अस्ट्रेलियाका म्याथ्यु शर्टले ३ ओभरमा २२ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए । सन एबटले २ विकेट लिए ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । टोलीका लागि ज्याक फ्रेजरले ३१ बलमा ४ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ५० रनको अर्धशतकीय ईनिङ खेले ।

    विकेट किपर जोस इङ्ग्लिसले २६ बलमा ४२, ओपनर ट्राभिस हेडले १४ बलमा ३१, अर्का ओपनर म्याथ्यु शर्टले २४ बलमा २८ तथा आरोन हार्डीले ९ बलमा नट आउट २० रन बनाए ।

    घरेल टोलीका लागि लियम लिविगंस्टोन र बाइडोन कार्सले समान २ तथा आदिल राशिद र साम करनले समान १ विकेट लिए । दुई टोलीबीचको तेस्रो तथा निर्णायक खेल आइतवार हुनेछ ।



    Heralo Reporter Heralo Reporter    
  • २९ भाद्र २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP