logo
  • २२ कार्तिक २०८२, शुक्रबार | Fri, 07 Nov 2025
  • बस दुर्घटनामा चालकको मृत्यु, पोखराका ११ सहित ३० जना घाइते [घाइतेकाे पूरा नामावली]

    बस दुर्घटनामा चालकको मृत्यु, पोखराका ११ सहित ३० जना घाइते [घाइतेकाे पूरा नामावली]

    पोखरा , हेरालाे खबर

    तनहुँमा आइतबार दिउँसो दुई बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । घाइतेमध्ये ११ जना पोखराका छन् ।

    पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ३४८७ र काठमाडाैँबाट पोखरा आउँदै गरेको गरेको गण्डकी एए००७० नम्बरको बस तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. ५ गोरे चौतारा घुम्तीस्थित पृथ्वीराजमार्गमा एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनामा मृत्यु हुनेमा काठमाडौँबाट पोखरा आउँदै गरेको बसका चालक तनहुँको ऋषिङ पाटन घर भई पोखराको चाउथे बस्दै आएका ३९ वर्षीय रामबहादुर परियार छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।

    यस्तै घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं १० की ४३ वर्षीया लक्षिन गुरुङ, पोखरा-१७ की ३६ वर्षीया दुर्गा रोका, ४९ वर्षीया निर्मला भुजेल, ४१ वर्षीय सञ्जय गुरुङ, पोखरा-१२ की ४४ वर्षीया बिजुली गुरुङ, २५ वर्षीया कमला गुरुङ, ३९ वर्षीया वसन्ती गुरुङ, ४५ वर्षीया लक्ष्मी गुरुङ, ४० वर्षीया गंगा गुरुङ ४५ वर्षीय शिव जोशी, ३७ वर्षीया ज्योती गुरुङ छन् ।

    यसैगरी स्याङ्जा फेदीखोला-४ की ५५ वर्षीय चन्द्रकुमारी गुरुङ, पुतलीबजार-१३ का २५ वर्षीय सुरज तिवारी, बाँकेका ४४ वर्षका शिवलाल न्यौपाने, १६ वर्षीया निर्मला शाही, बाके कोहलपुरकी २१ वर्षकी बिनिता विक, बाँके बैजनाथका २४ वर्षका किरण बुढा, १३ बर्षका रिजु बाठा मगर, १५ वर्षकी ज्ञानु थारु, ललित खत्री, मायास सिंजापती मगर, उनकी छोरी बर्ष ६ की गुरास घर्ती र वर्ष १८ का निखिलनाथ योगी छन् ।

    यसैगरी भे१ख ३४८७ नम्बर बसका चालक बाँके कोहलपुर-१० का ३७ वर्षका किशोरजंग शाही पनि दुर्घटनामा घाइते भएका छन् ।

    यस्तै तनहुँ म्याग्दे गाउँपालिका वडा नं ३ का वर्ष ३० का रमेश रानाभाट, बर्ष ५१ की उजेली रानाभाट, बाके बैजनाथ-६ की बर्ष १४ की विद्या पुन मगर, गोरखा नगरपालिका-८ का २० वर्षीय विवेक कंडेल र भक्तपुर चागुनारायण-५ की ३५ वर्षीया वविता थापा पनि दुर्घटनामा घाइते भएका छन् ।

    घाइतेको डुम्रेस्थित मोती अस्पताल र लक्ष्मी अस्पताल उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि चितवन पठाइएको बताइन्छ ।



    Heralo Reporter Heralo Reporter    
  • २ मंसिर २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP