logo
  • ४ मंसिर २०८२, बुधबार | Wed, 19 Nov 2025
  • नेपाल भलिबल संघले काभाका विभिन्न प्रतियोगितामा पदक जितेका टोलीलाई शनिवार नगदसहित पुरस्कृत

    • heralokhabar heralokhabar
    • ८ भाद्र २०८१ शनिबार
    नेपाल भलिबल संघले काभाका विभिन्न प्रतियोगितामा पदक जितेका टोलीलाई शनिवार नगदसहित पुरस्कृत

     

     

    हेरालाे खबर

    काठमाडौ | नेपाल भलिबल संघले काभाका विभिन्न प्रतियोगितामा पदक जितेका टोलीलाई शनिवार नगदसहित पुरस्कृत गरेको छ।

    गत महिना नेपालले भुटानमा काभा बीच भलिबल च्याम्पियनसिपमा‌ स्वर्ण, रजत, काठमाडौंमा‌ भएको महिला भलिबल नेसन्स लिगमा रजत र माल्दिभ्समा भएको यु २० महिला भलिबल च्याम्पियनसिपमा कास्य पदक जितेको थियो।

    काठमाडौंमा काभा महिला भलिबल नेसन्स लिगको उप विजेता नेपाली महिला भलिबल टोली खेलाडी‌ र मुख्य प्रशिक्षकलाई जनही १ लाख २ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । सहायक प्रशिक्षकलाई‌ ९२ , व्यवस्थापक र फिजियोलाई ८२ हजार रुपैयाँ पुरस्कृत गरिएको हो ।

    काभा बिच भलिबल च्याम्पियनसिपमा कमला पुन र मनिषा चौधरीको जोडीले महिलामा स्वर्ण पदक तथा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले पुरुषमा रजत पदक जितेको थियो । संघले स्वर्ण पदक विजेता जोडीलाई जनही ६० र रजत पदक विजेतालाई ३० हजार रुपैयाँबाट पुरस्कृत गर्यो‌ ।

    माल्दिभ्समा भएको काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा कास्य पदक जित्ने नेपाली टोलीका‌टो हरेक सदस्यलाई १५ हजार रुपैयाँ प्राप्त गरे।

    काभा नेसन्स लिगकै टिकट विक्रीबाट संकलन भएको रकमबाट संघले लाभा नेसन्स लिगको‌ टोलीलाई जनही ५० हजार र अन्य पदक विजेतालाई नगदसहित पुरस्कृत गर्ने संघले निर्णय गरेको थियो ।

    पशुपति कोटी होमको आयोजकबाट ५ लाख, भलिबल संघका‌ निर्वतमान अध्यक्ष मनोरञ्जन रमण शर्मा, सल्लाहकार रेशम गुरुङ र अस्ट्रेलिया बस्ने दिपा पुनले समान १ लाख र सदस्य ज्योति केसीले ५० हजार रुपैयाँ नेसन्स लिगको‌ टोलीलाई उपलब्ध गराएको संघले जनाएको‌ छ।
    राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, सहाना प्रधान फाउन्डेसनकी‌ अध्यक्ष रामकुमारी झाँक्री, एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतोलगायतले खेलाडीलाई‌ पुरस्कृत गरेका थिए।

    काभा महिला भलिबल नेसन्स लिगमा नेपाली टोली

    अरुणा शाही (कप्तान) , सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी ।

    मुख्य प्रशिक्षक – जगदिश भट्ट
    सहायक प्रशिक्षक – भरत यादव
    व्यवस्थापक – निलम बज्राचार्य
    फिजियो – लोकेन्द्र कुँवर

    काभा महिला भलिबल यु–२० नेपाली टोली

    जेनिशा विश्वकर्मा (कप्तान), सलिना बुढा मगर, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री ।

    मुख्य प्रशिक्षक – कुमार राई
    सहायक प्रशिक्षक – अर्जुन घिमिरे
    टोली व्यवस्थापक – जुनु पुन

    काभा बीच भलिबल च्याम्पियनसिप
    स्वर्ण पदक विजेता महिला जोडी – कमला पुन, मनिषा चौधरी
    रजत पदक विजेता पुरुष जोडी – मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनार
    प्रशिक्षक – रुपेश विष्ट



    heralokhabar heralokhabar    
  • ८ भाद्र २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP