logo
  • १ कार्तिक २०८२, शुक्रबार | Fri, 17 Oct 2025
  • पर्यटन क्षेत्रका लागि विना स्वार्थ मरिमेट्ने कुलबहादुर गुरुङ

    • heralokhabar heralokhabar
    • १८ श्रावण २०८२ शनिबार
    पर्यटन क्षेत्रका लागि विना स्वार्थ मरिमेट्ने कुलबहादुर गुरुङ

    पर्यटन क्षेत्रका लागि विना स्वार्थ मरिमेट्ने कुलबहादुर गुरुङ

    हेरालो खबर

    काठमाडौं । पर्यटन क्षेत्रलाई आफ्नो पेशाका रुपमा अपनाउने हजारौं पर्यटन व्यवसायिहरु छन् । पर्यटन व्यवसाय अगाल्ने हजारौंको भिडमा एउटा उदाहरणीय नाम हो कुलबहादुर गुरुङ । पर्यटन क्षेत्रमा नै केहि गरौं भन्ने उद्घेश्यले उदाएका एक सफल पर्यटन व्यवसायी कुलबहादुर व्यवसायको सफलतासंगै पर्यटनसंग सम्बन्धित र सामाजिक संघ संस्थाहरुमा प्राय व्यस्त नै देखिनुहुन्छ । नेपाल पर्वतारोहण संघ (एनएमए) को भदौ सात गते हुने निर्वाचनमा संघका लागि अध्यक्षका प्रत्यासी कुलबहादुरसंग तीन दशकभन्दा लामो यस क्षेत्रको अनुभव छ ।

     

    पर्यटन व्यवसायसंगै यस यात्रामा पर्यटनसंग जोडिएका विभिन्न संघसंस्थामा उहाँको सक्रीयता सराहनीय छ । कुलबहादुर गुरुङ एनएमएको २०१७ मा भएको निर्वाचनमा महासचिव पदमा अत्याधिक मत ल्याई निर्वाचित हुनुभएको ब्यक्तित्व हुनुहुन्छ । सन् २०२२ सम्मको कार्यकालमा उहाँले गर्नुभएको कामको विवरण लामै छ । सगरमाथा सफाई अभियान, सगरमाथाको फोहोर संकलन, कोभिडबाट प्रभावित आरोहीलाई राहत विरतण, संघको भवन निर्माण, अन्नपूर्ण आधार शिविरमा रेस्क्यू सेन्टर निर्माण, अन्तर्राष्ट्रिय स्तरमा पर्वतीय पर्यटनको प्रचारप्रसार लगायतमा उहाँको सक्रीयता उल्लेख्य रह्यो । पर्वतीय तालिम गुणस्तरमा बृद्धि, पर्यटन मजदूरको हकहितमा काम गर्नका साथै एसियाली पर्वतारोहण महासंघ (यूएएए) र विश्व पर्वतारोहण महासंघ (यूआएए) संग मिलेर पर्वतीय पर्यटन विकास लगायतमा सक्रीय भूमिका खेल्नुभएको कुलबहादुरले बताउनुभयो । अध्यक्षका प्रत्यासी कुलबहादुर गुरुङ पर्यटन क्षेत्रमा दख्खल राख्ने र पर्यटन क्षेत्रका बारेमा अध्ययनशील व्यक्तित्व भएकै कारण त्यसताका अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघ (यूआइएए) को म्यानेजमेन्ट कमिटि मेम्बरमा चयन हुनुभयो । नेपालको पर्वतीय पर्यटनको ईतिहासमा त्यस स्थानमा पुग्ने दोस्रो व्यक्तिको रुपमा सर्वाधिक मतले चयन हुनुभएको हो । अन्तर्राष्ट्रिय स्रतमा उहाँको योग्यता र क्षमताकै कारण यूआइएएको माउन्टेनियरिङ कमिसनमा चार वर्ष काम गरिसक्नुभएका गुरुङ हाल पुनः चार वर्षका लागि निर्वाचित हुनुभएको छ । उहाँकै पालमा विश्व विख्यात हिमाल आरोहीहरुको सम्मलेन तथा बैठक काठमाडौंमा सम्पन्न भएको थियो । विश्वका विभिन्न देशका दुइ दर्जनभन्दा बढि आरोहीहरुको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको गुरुङले बताउनुभयो । ‘त्यो सम्मेलन तथा बैठक अविस्मरणीय थियो ।’ उहाँले भन्नुभयो, ‘नेपालमा पर्यटन प्रवद्र्धन र नेपालको पर्वतीय पर्यटनलाई विश्वबजारमा प्रचार हुन पनि यो बैठक फलदायी रह्यो ।’ उहाँले एनएमएकै महासचिव तथा विश्व पर्वतारोहण महासंघ (यूआइएए)को म्यानेजमेन्ट कमिटी मेम्बर रहेकै बेलामा एनएमएले पर्वतारोहण सम्बन्धी प्राविधिक ज्ञानको बृद्धि तथा आदानप्रदान गर्न र एसियाली पर्वतारोहण संघ (यूएएए)को २५ औं सिल्भर जुब्ली मनाउन ‘यूएएए ज्वाईन्ट पाल्दोर पिक एक्सपिडिसन’ नामक एक्सपिडिसन नेपालमा सम्पन्न भयो । उक्त एक्सपिडिसनको अर्को उद्देश्य यूएएएका सदस्यहरुबीच नजिकको सम्बन्ध विकास गर्ने र हिमाल सफाइ गर्ने रहेको थियो । यसअघि सन् २०१३ देखि २०१५ सम्म टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) टानको द्वितीय उपाध्यक्ष पदमा रहँदा उहाँले विश्व खाद्य संगठनसंग सहकार्य गरेर सामुदायिक पदमार्गको निर्माण, पोर्टरका लागि क्यास फर वर्क कार्यक्रम सब्चालन गर्नुभयो । गुरुङकै सक्रीयतामा टानमा डिएफआइडीको आर्थिक सहयोग तथा सामर्थ संस्थासंगको सहकार्यमा पोर्टर सेल्टर, भ्यू प्वाइन्ट, पुल निर्माण तथा पदमार्ग साइनेज जडान गर्ने कार्य भएको हो । त्यसअघि पनि उहाँ टानको सन् २००९ देखि २०११ को कार्यक्रकालमा केन्द्रीय सदस्य रहनुभएको थियो । पर्यटन क्षेत्रमा नै पर्यटन प्रवद्र्धन, नेतृत्व विकास, संस्थागत विकास, सामाजिक योगदान गर्दै आउनुभएका उहाँ २०६८ सालमा गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन)को संस्थापक अध्यक्ष बन्नुभयो । पर्यटन क्षेत्रमा रहेका गुरुङ व्यवसायीहरुलाई एक ढिक्का बनाउने उहाँको अभियानले जीटीनको स्थापना भएको हो । जीटीनमा नेतृत्व विकास, संस्थागत एकता र सामाजिक कार्यमा उहाँको योगदान अर्थपूर्ण रहेको छ । जीटीनले आज पनि कुनै राजनीतिक वा जातीय संगठनभन्दा पनि एउटा समुदायका व्यवसायीहरुको छाता संगठनको रुपमा काम गर्दै आइरहेको छ । त्यसअघि गणेश हिमाल पर्यटन विकास समितिको संस्थापक अध्यक्ष रहँदा उहाँको सक्रीयता र योगदान उल्लेख रहेको उहाँको अनुभवबाट प्रष्ट हुन्छ । सामाजिक सेवाको कर्मलाई जीवनकै महत्वपूर्ण पाटो बनाइसक्नुभएका कुलबहादुर आफ्नो यो यात्रा अझै जारी रहने बताउनुहुन्छ । गुरुङ क्लाइमेट एलायन्स अफ हिमालयन कमिटीज (सिएचसी)मा सेक्रेटरी, ल्हेम तमू लामछाने गुरुङ समाजमा महासचिव, किवानीज ईन्टरनेशनल नेपालका मास्टर ट्रेनर, मोटिभेसनल स्पीकर लगायत नाथम जस्तो जस्थामा विगत १४ वर्षदेखी ट्रेकिङ पोर्टर गाईड, टे«ेकिङ गाईड र टुरिष्ट गाईडलाई तालिम दिैंदै आउनुभएको छ । आफ्नो अनुभव र क्षमतालाई अझ प्रभावकारी र सक्रीय रुपमा अघि बढाउन नयाँ योजना, पर्वतीय पर्यटन प्रवद्र्धन, संस्थागत विकास लगायतका थुप्रै काम गर्न आफु अब्बल, सक्षम र योग्य भएकाले नै एनएमएमा अध्यक्ष पदका लागि आफ्नो उम्मेद्वारी रहेको उहाँले स्पस्ट पार्नुभयो । सधैं सालिन र सभ्य शैलीमा प्रस्तुत हुने कुलबहादुर गुरुङले भन्नुभयो, ‘मेरो उम्मेद्वारीप्रति सबैको सकारात्मक प्रतिक्रिया र हातेमालो रहनेछ भन्नेमा म ढुक्क छु । मेरो योजना कार्य र क्षमताले सबैसंग सहकार्य र समेटने प्रयास सधैं रहनेछ’, सबैको सल्लाह, सुझाव र सहयोगको अपेक्षा सधैं रहने नै छ ।’



    heralokhabar heralokhabar    
  • १८ श्रावण २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP