ललितपुर।
हेरालाे खबर , वाग्मतीगाउँपालिका वडा नं.४ प्युटार,धनडाँडास्थित श्री धनडाँडा आधारभूत विद्यालयमा अध्ययनरत २० जना तामाङ,तथा अन्य समुदायका विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन,गत असोज १२ गते गएको बाढी पहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन र तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व तथा नयाँ वर्ष,डुल ल्हो,सा पुख्री(सर्प) वर्ग मञ्जुश्री सम्वत-२८६१ सोनाम ल्होछारको अवसरमा,लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजन तथा व्यवस्थापनमा,आइतबार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण समारोहको आयोजना गरेको छ ।
विद्यालयका प्र.अ.श्याम गोले तामाङकानुसार वडाध्यक्ष एवं प्रमुख अतिथि रामकुमार थिङ लामा र वडा सदस्य तथा अतिथि राकेश लामाले विद्यार्थीहरुलाई कपि,पेन्सिल,स्केल,इरेजर,कटर लगायतका शैक्षिक सामग्री वितरण गर्नु भएको र समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर घिमिरे,विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघका प्रतिनिधिहरु,अभिभावक,शिक्षक, कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको बताएका छन् ।
प्रतिक्रिया