logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • एन्ड्रिकको गोलमा रियलको जित

    • Heralo Reporter Heralo Reporter
    • १५ फाल्गुन २०८१ बिहीबार
    एन्ड्रिकको गोलमा रियलको जित

    हेरालाे खबर

     एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ

    एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए।

    खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो सिजन कोपामा यो‌ उनकि चौथो गोल हो। भिनिसियस जुनियरको कप्तानीमा खेलेको रियलले अग्रता बढाउने केही अवसर गुमायो ।

    कार्लो एन्सेलोटीको टोलीलाई झट्का पनि लाग्यो।‌ ड्यानी सेबालोस घाइते भएपछि आँसु झार्दै मैदानबाट बाहिरिनु पर्‍यो। सिजनको महत्वपूर्ण चरणमा मिडफिल्डरको चोटले टोलीलाई असर गर्न सक्छ।

    रियलले अब एट्लेटिको म्याड्रिडसँग च्याम्पियन्स लिगको क्वाटरफाइनल तथा ला लिगा ४ खेल खेल्नेछ । कोपा सेमिफाइनलको दोस्रो लेग अप्रिलको सुरुमा हुनेछ।



    Heralo Reporter Heralo Reporter    
  • १५ फाल्गुन २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP