logo
  • २ कार्तिक २०८२, शनिबार | Sat, 18 Oct 2025
  • पोखराको शान्तिस्तूपा नजिकै बस दुर्घटना, दुई जना घाइते

    • Heralo Reporter Heralo Reporter
    • २२ कार्तिक २०८१ बिहीबार
    पोखराको शान्तिस्तूपा नजिकै बस दुर्घटना, दुई जना घाइते

    पोखरा , हेरालाे खबर

    पोखराको शान्तिस्तूपा नजिकै आज दिउँसो बस दुर्घटना भएको छ ।

    दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा दाङ तुल्सीपुर उपमहानगरपालिका वडा नं ४ की १७ बर्षीया सन्ध्या रसाइली र १९ वर्षीया मनिषा रसाइली रहेका छन् ।

    उनीहरुको विरौटास्थित नमस्ते अस्पतालमा उपचार भइरहेको छ ।

    नवयुग डान्स क्लब दाङबाट २४ जनाको भ्रमण टोली लिएर पोखरा आएको रा१ख २१०६ नं.को बस शान्तिस्तूपा नजिकै दुर्घटनामा परेको हो ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पुम्दीकोटको भ्रमण गरेर फर्किँदै गर्दा सो दुर्घटना भएको हो ।

    बस तिदुको रुखमा अड्किएको थियो । बस रुखमा अड्किएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीको भनाइ छ ।

    वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले घाइतेको उद्धार गरेको हो ।



    Heralo Reporter Heralo Reporter    
  • २२ कार्तिक २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP