logo
  • २७ फाल्गुन २०८२, बुधबार | Wed, 11 Mar 2026
  • बझाङमा पहिरोमा परेर बेपत्ता चारै जना मृत फेला, सबै एकै परिवारका सदस्य

    बझाङमा पहिरोमा परेर बेपत्ता चारै जना मृत फेला, सबै एकै परिवारका सदस्य

    हेरालाे खबर

    बझाङमा पहिरोमा परेर एकै परिवारका चार जनाको ज्यान गएको छ । ६ जनाले भागेर ज्यान बचाएका छन् ।

    गएराति बुङ्गल नगरपालिका वडा नम्बर १० टुमेडाका बीरबहादुर धामीको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती ५५ वर्षीया काली धामी, बुहारी २५ वर्षीया गोल्की धामी तथा नातिनीहरु ६ वर्षकी आकृती र तीन वर्षकी लक्ष्मीको ज्यान गएको सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक डिल्ली विष्टले जानकारी दिए।

    उनका अनुसार गएराति १ बजेतिर झरेको पहिरोले घर पुरेको हो । पहिरो घरमा खस्दा परिवारका नौ जना र एक जना पाहुना समेत १० जना रहेकामा ६ जनाले भागेर ज्यान बचाएका छन । शव प्रहरी र स्थानीयबासिन्दाको टोलीले निकालेको हो । पहिरोमा पाँच वटा बाख्रा पनि पुरिएका छन् ।



    Heralo Reporter Heralo Reporter    
  • ३ भाद्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP