काठमाडौं , हेरालाे खबर
एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमिरिकी छनोटमा अर्जेन्टिनाले चिलीमाथि जित हात पारेको छ । विश्पकप छनोटको आफ्नो सातौं खेलमा छैठौं जित निकाल्ने क्रममा शुक्रवार अर्जेन्टिनाले चिलीलाई ३-० ले हराएको हो ।
कोलम्बियामा भएको खेलमा अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जसलियन अल्भारेज र पाउल डिबालाले गोल गरे । अर्जेन्टिनाका नियमित कप्तान लियोनल मेस्सीले भने यो खेलमा उपलब्ध थिएनन् ।
अर्जेन्टिनाका लागि ४८औं मिनेटमा एलिस्टरले गोल गर्दै अग्रता दिलाएका थिए । अल्भारेजले ८४औं मिनेटमा अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्दै डिबालाले अर्जेन्टिनालाई सहज जित दिलाए ।
जित पछि १० टोली सहभागी छनोटमा १८ अंकका साथ अर्जेन्टिना शीर्ष स्थानमा छ ।
आजै भएको अर्को खेलमा बोलिभियाले भेनेजुयलालाई ४-० गोलले पराजित गर्यो ।
प्रतिक्रिया