logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • आहा! रारा पोखरा गोल्ड कपको‌ तयारी पूरा

    आहा! रारा पोखरा गोल्ड कपको‌ तयारी पूरा

    पाेखरा, हेरालाे खबर

       आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको सबै तयारी पूरा भएको छ

    आयोजक सहारा क्लब पोखराले आइतवार पत्रकार सम्मेलनमार्फत तयारीको बारेमा जानकारी गराएको छ। सोही अवसरमा आहा रारा गोल्डकपको ट्रफी, व्यक्तिगत अवार्ड र आयोजकले गोल्डकपमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको थियो।

    प्रतियोगिता मंगलवार पोखरा रंगशालामा सुरु हुनेछ। उद्घाटन खेल आयोजक र आठ पटकको च्याम्पियन नेपाल पुलिस क्लबबीच हुनेछ।

    १२ टोलीको सहभागिता रहने प्रतियोगितामा उज्वेकिस्तान को ब्ल्याक बुल्स एफसीसहित ३ विदेशी टोलीले प्रतिस्पर्धा गर्नेछन्।

    विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुदको सहरको रुपमा स्थापित गरौं’ भन्ने मुख्य उद्देश्यका आयोजना हुने

    प्रतियोगिताको संरक्षकका रुपमा पोखरा महानगरपालिका रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा हिम श्री फुड्स प्रा लिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ ।

    ब्ल्याक बुल्ससहित सहभागी हुने ए डिभिजनका टोलीमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, मछिन्द्र, एनआरटी, चर्च ब्वाइज, संकटा क्लब, र नेपाल पुलिस क्लब छन् । आयोजना सहारा, एपिएफ, बिग्रेड ब्वाइज युके र भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड छन्।

    कार्यक्रममा मुख्य प्रायोजन हिम श्रीका निर्देशक प्रकाश केसीले सहारा र आफूहरु एउटै परिवारका रुपमा अघि बढेको बताए।

    प्रतियोगिताको च्याम्पियन टोलीले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता संचालनबाट बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी एकेडेमीमा रहेका अनाथ बाल बालिकाको लागि खर्च गरिनेछ ।

    प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानलबाट हुनेछ ।



    Heralo Reporter Heralo Reporter    
  • २० माघ २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP