logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • पेट्रोल पाँच रुपैयाँ घट्यो

    • Heralo Reporter Heralo Reporter
    • ३२ श्रावण २०८१ शुक्रबार
    पेट्रोल पाँच रुपैयाँ  घट्यो

    पोखरा , हेरालाे खबर

    नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर पाँच र डिजल तथा मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो ।

    घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ । घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर एक सय ६२, डिजल र मट्टीतेल एक सय ५२ रुपैयाँ कायम भएको छ ।

    त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर एक सय ६४, डिजल तथा मट्टीतेल एक सय ५४ रुपैयाँ कायम भएको छ ।

    पोखरा, काठमाडौँ र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर एक सय ६५ रुपैयाँ र डिजल तथा मट्टीतेल एक सय ५५ रुपैयाँ कायम भएको निगमद्वारा जारी सूचनामा उल्लेख छ ।



    Heralo Reporter Heralo Reporter    
  • ३२ श्रावण २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP