Sunday 19th May 2024
मुख्यमन्त्रीले गुरुङ भाषामा नै गुनासो सुन्न थाले
हेरालो खबर २०७६ आश्विन १, बुधबार
पोखरा । जनताले भोगेका दुख र विभिन्न निकायबारे गुनासो प्रत्यक्ष सुन्नका लागि गण्डकी प्रदेशले हेल्लो मुख्यमन्त्री कार्यक्रम सञ्चालन गरिरहेको छ । हरेक १५ दिनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आफै उपस्थित भएर जनतासंग प्रत्यक्ष फोनमा कुराकानी गर्ने गर्दछन् । मंगलबार ५ बजेदेखि ६ बजेसम्म मुख्यमन्त्री गुरुङ प्रत्यक्ष रुपमा आफै गुनासो सुन्ने र टिप्ने काम गरिरहेका थिए । ५ बजेर ४० मिनेटमा एउटा महिलाले फरक गुनासो टिपाइन् त्यो पनि फरक शैलीमा । स्याङजा फेदीखोलाबाट भद्री गुरुङ नाम गरेका महिलाले मुख्यमन्त्रीलाई नमस्कार भन्दै ‘तो मो हालखबर’ भन्दै कुराकानी सुरु गरिन् । जवाफमा मुख्यमन्त्रीले ‘ठिकै मो’ भन्दै जवाफ फर्काए । महिलाले अगाडि कुराकानी गुरुङ भाषामा नै राख्ने आशय सहित कुरा भाषामा ‘ता“ क्रि ङिउतै विदले अ किलाई’ भन्दै गुरुङ भाषामै कुराकानीलाई अगाडि बढाइन् । मुख्यमन्त्री गुरुङले महिलाको आशयलाई निरन्तरता दिदै ‘तो मो लो लु विदो’ भनेपछि कुराकानी अगाडि बढ्यो ।
मुख्यमन्त्री– खनईटो सु पोंलो (कहाबाट को बोल्नुभो ?)
महिला– ङ मेख बहादुर गुरुङै जह्ना पोबा (म मेख बहादुर गुरुङको श्रीमति बोल्दैछु ।)
मुख्यमन्त्री– क्यों मि तों दि ( तपाईको नाम के हो त नि ?)
महिला– भद्री गुरुङ, च्युकुथेउरी समास्या तल छतई किलाई फोन लब (मेरो नाम भद्री गुरुङ, सानो समास्या भएर तपाईलाई फोन गरेको । )
मुख्यमन्त्री– तोल मोलो लो विद्दी (के थियो ल भन्नुस त ।)
महिला– च मेख बहादुरलाई क्यान्सर तैमरी उपचार लउरी गाह्रो तै छतई किलाई विउ विमरी (मेख बहादुरलाई क्यासन्सर भएर उपाचार गर्न गाह्रो भयो, तै भएर तपाई भनौ भनेर )
मुख्यमन्त्री– खन लइमो उपचार (कहा गर्नुभाको छ उपचार ? )
म्हिला– फिस्टेल हस्पिटलरी (फिस्टल हस्पिटलमा)
मुख्यमन्त्री– ( प्राइभेटरी उपचार लबरी फेरी ङिम पैसा पिला अंखा प्राइभेटमा उपचार गर्न फेरी हामी पैसा दिन सक्दैनौ )।
महिला हो र ।
मुख्यमन्त्री– पैसा कति लैदिमो ( पैसा कित लाग्छ भनेको छ ?)
महिला– पैसा कति याई याई पैसा कति गयो गयो (पैसा त कति गयो गयो ।)
मुख्यमन्त्री– डङी पैसा ल्हे पिल अंखा ( हामी धेरै पैसा दिन सक्दैनौ )
महिला– फेरी पैसा म्हेद विमो, खवई अतखेरो क्यी ङइटो तमकी विदले । पैसा अरेसेर तोलउ तोलउ (फेरी पैसा खोज भनेको छ, कोइ नभएपटि तपाईबाट हुन्छ कि भनेर, पैसा नभएपछि के गर्ने के गर्ने । )
मुख्यमन्त्री– ङिनी पैसा ल्हे अटी तैपनि निवेदन पिन्से दि क्रि विचार ललै औ । (हामीसंग त्यसरी दिने पैसा धेरै हुदैन, तैपनि निवेदन दिनुस अनि विचार गरौला है ।)
हेलो मुख्यमन्त्री कक्षका अनुसार स्थानीय भाषामै मुख्यमन्त्रीलाई आफ्नो गुनासो सुनाउने भद्री गुरुङ पहिलो हुन । महिलाले आफ्नो श्रीमान नेपाल सरकारको पुर्व कर्मचारी भए पनि अहिलेसम्म सरकारबाट केही सहयोग नपाएको समेत गुनासो मुख्यमन्त्रीसंग गरेका थिए । प्रदेश सरकारले एक बर्ष अगाडिदेखि सुरवात गरेको हेलो मुख्यमन्त्री कार्यक्रममा मुख्यमन्त्री स्वयमले प्रत्येक १५ दिनमा आफै उपस्थित भएर जनताको गुनासो सुन्ने गर्दछन ।