हेरालाे खबर
एजेन्सी – नेदरल्यान्ड्समा भईरहेको त्रिकोणत्मक टि ट्वान्टी आई सिरिजमा अमेरिका र क्यानडाबीचको खेल बर्षाका कारण रद्द भएको छ ।
क्यानडाले १ सय ७० रनको लक्ष्य दिए पनि दोस्रो इनिङ वर्षाका कारण हुन नसके पछि खेल रद्द भएको हो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।
क्यानडाका लागि ओपनर आरोन जोनसनले ३५ बलमा ३ चौका तथा ३ छक्का प्रहार गर्दै सर्वाधिक ४५ रन जोडे ।
कप्तान निकोलस किर्तनले ३२ बलमा ४४, श्रेयस मोभ्भाले नट आउट २२, हर्ष ठाकरले १५ तथा रायन खान पठानले १५ रन बनाए ।
अमेरिकाका लागि जसदिप सिंहले २ विकेट लिए । सिरिजमा आइतबार अमेरिका र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।
प्रतिक्रिया