पोखरा , हेरालाे खबर
बढदो डेगु रोग महामारी र चाड पर्वको कारण पोखरामा देखिएको रगत अभाबलाई ध्यानमा राखी आकस्मीक रत्तदान भएको छ ।
वाटो को वारी पारी गदै , लौ आउनुहोस ,यता आउनुहोस रत्तदान गर्नुहोस ,पुण्य लाभ गर्र्नुस सहयोग गर्नुस रत्तदान गर्नुस भन्दै थिए,रत्तसंचार केन्द्रका चालक इन्द्र थापा , जसले पोखरामा हुने प्राय रत्तदानमा यस्तै गर्छन । वाटोमा हिड्ने बटुवा हरुलाई रगत दिउ दिउ बनाउछन कार्यक्रम सफल बनाउछन् ।
आकस्मीक रत्तदानमा पनि थापाको भुमिका यस्तै रहयो उपस्थित नया रत्तदाता किशोर किशोरीहरु खुसी हुन्छन । रगत दिन पाएकोमा थापालाई जान्छु है भन्दै निस्कछन् । बढदो डेगु रोगका विरामीका कारण पोखरामा रगत अभाव हुदा आकस्मीक रत्तदान गरीएको हो ।
रत्त संचार केन्द्रको आहवानमा लायन्स क्लव पोखरा चौतारीको आयोजनामा भएको कार्यक्रममा पहिलो रत्तदाता रत्त संचार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली लाई ब्लड ब्याग हस्तानतरण गदै लायन्स क्लव का गर्भनर विनोद ढुङगानाले जहा आवश्यता त्यहा लायन्स पुग्ने बताए ।
सो कार्यक्रममा १३१जनाले रत्तदान गरेका थिए ।
क्लवका अध्यक्ष सुय प्रसाद पोखे्रलको सभापतित्वमा भएको कार्यक्रममा रेडक्रस सोसाइटी कास्कीका सभापति डण्ड राज शर्मा रत्तदान अभियान्ता कृष्ण बहादुर थापा , आकस्मीक रत्तदाता समुहका संयोजक नेत्र ढकाल ,रत्तसंचार केन्द्रका वरिष्ठ प्राविधिक महेन्द्र के सी क्लबका पूर्व अध्यक्ष रुक बहादुर गुरुङ, मोहन पौडेल, दामोदर आचार्य , बसन्त कोइराला ,भरत राज सिग्देल ,उपाध्यक्ष भगवान श्रेष्ठ , सचिव सुर्य राना लगायतले रत्तदान को महत्व माथी प्रकास पारेका थिए ।
रगत को बिकल्प रगतनै भएकाले रत्तदानको महत्व आवश्यता आमसमुदायले बुझनु पर्ने १७ बर्ष उमेर देखी ६५ बर्ष उमेर सम्म का महिला पुरुष ले रत्तदान गर्न सक्ने स्वास्थय प्राविधिक सुनिता लम्सालले बताइन ।
डेगु बिरामीलाई धैरे रगत आवश्यक भएकाले पोखरामा रत्तदान कार्यक्रम नियमीत नहुदा ब्यवस्थापनमा समस्या रहेकाले आम संघ संस्थाले रत्तदान कार्यक्रम गरीदीन प्रविधिक यमुना केंसीले आहवान गरेकी छन् ।
प्रतिक्रिया