हेरालाे खबर
एजेन्सी – लिभरपुलले इङ्लिस प्रिमियर लिग (इपिएल) मा म्यानचेस्टर युनाइटेडमाथि सहज जित निकालेको छ ।
लगातार तेस्रो खेला जित निकाल्ने क्रममा लिभरपुलले आइतवार युनाइटेडएाई ३-० ले हरायो । युनाइटेडलाई उसकै मैदानमा हराउन लिभरपुलका लुइस डियाजले २ तथा मोहम्मद सलाहले १ गोल गरे ।
डियाजले ३५औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । डियाजले नै ४२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । खेलमा नियन्त्रण बनाएको लिभरपुलका लागि सलाहले ५६औं मिनेटमा गोल थपे ।
लिभरपुल ९ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । युनाइटेड ३ अंकका साथ १४औं स्थानमा छ ।
इपिएलको तेस्रो राउन्डको खेल सकिदा म्यानचेस्टर सिटी शीर्ष स्थानमा कायम छ । १८ टोलीले कम्तिमा १ अंक जोड्दा समउथह्याप्टन र एभर्टन अंकविहिन छन् ।
प्रतिक्रिया