logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • एन्फा महिला लिग एपिएफको सामना गर्दै वालिङ

    एन्फा महिला लिग एपिएफको सामना गर्दै वालिङ

     हेरालाे खबर

    एजेन्सी , एन्फा महिला फुटबल लिगमा वालिङ नगरपालीकाले विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्दैछ ।

    सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेको एपिएफ जितको लयलाई निरन्तरता दिन चाहान्छ । पहिलो खेलमा एपिएफले बागमती युथ क्लबलाई पराजित गरेको थियो ।

    पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित वालिङ पहिलो जितको खोजीमा रहेको छ । पहिलो चरणको लिगमा एपिएफले वालिङलाई २-१ गोलले पराजित गरेको थियो ।

    अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगको अन्तिम चरणको लिगमा ५ टोलीले प्रतिस्पर्धा गर्दैछन् । भदौ अन्तिममा भएको लिगको पहिलो चरणमा सहभागी १० टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका हुन् ।

    माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागिय टोलीहरु नेपाल पुलिस क्लब, एपिएफ, आर्मी, वालिङ नगरपालिका र बागमती युथ क्लब सहभागी छन् ।

    अन्तिम चरणमा २४ खेल हुनेछन् । लिग चरणको २० खेलपछि शीर्ष ४ टोलीले प्लेअफमा स्थान बनाउनेछन् । लिगका सबै खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानलबाट हुनेछ ।



    Heralo Reporter Heralo Reporter    
  • २२ पुष २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP