logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • रवि लामिछानेलाई मंगलबार काठमाडौँ लगिँदै

    रवि लामिछानेलाई मंगलबार काठमाडौँ लगिँदै

    पोखरा , हेरालाे खबर

    सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई मंगलबार काठमाडौँ लगिने भएको छ ।

    काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा लामिछानेको नाम जोडिएपछि अदालतबाट पक्राउ अनुमति जारी भएको छ । योसँगै उनलाई बयानका लागि मंगलबार पोखराबाट काठमाडौँ लैजान लागिएको हो ।

    यसअघि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि मुछिएका लामिछानेविरुद्ध पुर्जी जारी भएको थियो ।

    त्यसपछि लामिछानेलाई रुपन्देही पुर्याई चार दिनमा २२ घण्टा लगाएर बयान लिइएको थियो । काठमाडौँमा बयान सकिएपछि चितवन लैजाने प्रहरीको तयारी छ ।

    चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पनि रविसहित १० जनाविरुद्ध पक्राउ अनुमति जारी भएको छ ।

    आइतबार कास्की जिल्ला अदाललतले हिरासतमा राख्न १५ दिन म्याद थप गरिदिएर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

    सहकारी ठगीमा इन्कारी जवाफ दिइरहेका लामिछानेले विभिन्न सहकारीमा ऋण तिर्न कोटेको चेक फेला परेका समाचार बाहिरिएका छन् । यस विषयमा उनले जवाफ दिन आलटाल गरेको प्रहरी स्रोतले जनाएको छ ।

    कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो । कास्की जिल्ला अदालत कात्तिक ४ मा छ, कात्तिक ८ मा सात, कात्तिक २० मा १० र कात्तिक २५ मा १३ दिन म्याद थप भएको थियो ।

    काठमाडौँमा छविलाल जोशीको भने बयान लिइसकेको छ । जोशी असोज ६ गते पक्राउ परेका थिए । उनलाई कात्तिक २५ छैटौँ पटक १३ दिनको म्याद थप भएको थियो ।



    Heralo Reporter Heralo Reporter    
  • १० मंसिर २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP