logo
  • ४ मंसिर २०८२, बुधबार | Wed, 19 Nov 2025
  • लायन एफसी ‘बी’ ले उचाल्यो पहिलो मनोरञ्जन फुटसल लिगको उपाधि

    • heralokhabar heralokhabar
    • १५ भाद्र २०८२ आईतवार
    लायन एफसी ‘बी’ ले उचाल्यो  पहिलो  मनोरञ्जन फुटसल लिगको उपाधि

    हेरालो खबर
    काठमाडौं । पहिलो मनोरञ्जन फुटसल लिग २०८२ को उपाधि लायन एफसी ‘बी’ ले उचालेको छ । वेद बहादुर गुरुङको कप्तानीमा रहेको लायन एफसी ‘बी’ ले उपाधि जतिे भने नवराज कुँवरो कप्तानीमा रहेको टिम शिलापत्र मिडियाले उपविजेतामा चित्त बुझाए । विजेता र उप(विजेता टोलीलाई प्रमुख अतिथि पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय शेरबहादुर कुँवरले ट्रफी र प्रमाणपत्र वितरण गरे ।

    ‘स्वास्थ्यका लागि खेलकुद’ मुल नारा सहित लायन एफसीद्वारा आयोजित फुटसल लिग प्रतियोगितामा लायन एफसी ‘ए’, लायन एफसी ‘बी’ सहित, शिलापत्र मिडिया, शंकर एफसी र टाईगर युनाईटेड एफसी गरि पाँच टोलीको सहभागी रहेको थियो । लिगको आधारमा खेलाईएको प्रतियोगितामा तालिकाको शिर्ष स्थान रहेको टोलीलाई विजेता घोषणा गरिएको थियो । प्रतियोगितालाई सफल बनाउन प्रायोजक तथा खेल हेर्न आउने खेलप्रेमी दर्शकलाई प्रतियोगिताका संयोजक इन्द्र लामाले हार्दिक आभार प्रकट गरे ।

    हेर्नुहोस् तस्बीरमा पहिलो मनोरञ्जन फुटसल लिग(२०८२

     



    heralokhabar heralokhabar    
  • १५ भाद्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP