logo
  • २७ मंसिर २०८२, शनिबार | Sat, 13 Dec 2025
  • सस्तैमा समेटियो अस्ट्रेलिया, अग्रता लिदैं भारत

    सस्तैमा समेटियो अस्ट्रेलिया, अग्रता लिदैं भारत

    पाेखरा, हेरालाे खबर

    एजेन्सी – भारतका तीव्र गतिका बलरहरु चम्कँदा पाँचौ टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया सस्तैमा समेटिएको छ ।

    बोर्डर गावास्कर ट्रफीको पाँचौ तथा अन्तिम टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया १ सय ८१ रनमा समेटिएको हो । अस्ट्रेलियाका लागि बेयु वेबस्टारले सर्वाधिक ५७ रन जोडे । यसै टेस्टमा डेब्यु गरेका उनले १ सय ५ बलको सामना गर्दै ५ चौका प्रहार गरे ।

    स्टिभ स्मिथ ३३, ओपनर साम कोन्स्ट्यास २३ तथा एलेक्स केरी २१ रनमा आउट भए ।

    भारतका लागि मोहम्मद सिराज र प्रसिद्ध कुष्णाले समान ३ तथा जसप्रित बुमराह र नितिशकुमार रेड्डीले समान २ विकेट लिए । भारतले लिएको सबै १० विकेट नै तीव्रगतिका बलरले लिएका थिए ।

    पहिलो इनिङ्समा चार रनको अग्रता लिएको भारतले दोस्रो दिन शनिवारको समाप्तिसम्म छ विकेट गुमाएर १ सय ४१ रन थपेको छ ।

    दोस्रो दिनको समाप्ती सम्म भारतले १ सय ४५ रनको अग्रता बनाएको छ । भारतका लागि रविन्द्र जडेजा र वासिंटन सुन्दर क्रिजमा रहेका छन् ।

    त्यसअघि भारतका लागि ऋषभ पन्तले सर्वाधिक ६१ रन जोडेका थिए । उनले ३३ बलमा ६ चौका र ४ छक्का प्रहार गरेका थिए । यसश्वी जैसवालले २२ तथा केएल राहुल र शुभमन गिल समान १३ रनमा आउट भए । अस्ट्रेलियाका लागि स्कट बोल्याण्डले ४ तथा कप्तान प्याट कमिंस र बेयु वेबस्टारले समान १ विकेट लिए ।

    शुक्रवार सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारत १ सय ८५ रनमा अल आउट भएको थियो । भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४० रन जोडे । रविन्द्र जडेजा २६, कप्तान जसप्रित बुमराह २२, शुभमन गिल २० तथा विराट कोहली १७ रनमा आउट भए ।

    अस्ट्रेलियाका लागि तीव्रगतिका बलरहरु चम्किएका थिए । स्कट बोल्याण्डले ४, मिचेल स्टार्कले ३, कप्तान प्याट कमिंसले २ तथा नाथन लायनले १ विकेट लिएका थिए । अस्ट्रेलियाका लागि नौ विकेट तीव्रगतिका बलरले आफ्नो नाम गरेका थिए ।

    पहिलो टेस्टमा भारत २ सय ९५ रनले विजयी हुँदा दोस्रो टेस्ट अस्ट्रेलियाले १० विकेटले जितेको थियो । तेस्रो टेस्ट बराबरीमा सकिदा चौथो टेस्ट अस्ट्रेलियाले जितेको थियो । यसका साथ सिरिजमा अस्ट्रेलिया २-१ ले अघि रहेको छ ।

    वर्ल्र्ड टेस्ट च्याम्पियनसिप(डब्लुटिसी) को फाइनलमा स्थान बनाउँने सम्भावना कायमै राख्न भारतलाई यो टेस्ट जित्नै पर्ने दबाब छ । अस्ट्रेलिया भने यो टेस्टमा जितका साथ डब्लुटिसीको फाइनलमा स्थान पक्का गर्न चाहन्छ । दक्षिण अफ्रिकाले यसअघि नै डब्लुटिसीको फाइनलमा स्थान बनाइसकेको छ ।



    Heralo Reporter Heralo Reporter    
  • २० पुष २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP