logo
  • ५ फाल्गुन २०८२, मंगलवार | Tue, 17 Feb 2026
  • कास्कीको तप्राङमा निशुल्क पशु शिविर सम्पन्न

    • heralokhabar heralokhabar
    • २६ माघ २०८२ सोमबार
    कास्कीको तप्राङमा निशुल्क पशु शिविर सम्पन्न

     

    धनु गुरुङ

    कास्की |कास्कीको मादी गाउपालिका ६ तप्राङमा निशुल्क पशु स्वास्थ शिविर सम्पन्न भएको छ। मादी गाउपालिका पशुपछिं विकास शाखा र पशु स्वास्थ्य तालिम तथा सेवा केन्द्र पोखराको आयोजनामा शिविर सम्पन्न भएको हो!

    शिविरमा व्यावसायिक रुपमा पालन गरिएका पशुहरु ६८५ बाख्रा, ७२ गाई गोरु भैसीको स्वास्थ परिक्षण साथै २८ वटा बोकालाइ खसी पारिएको हो।

    १७ कुकुर ५ वटा बिरालोमा रेबिजबिरुद्द्को खोप त्यसैगरी पशुमा लाग्ने विभिन्न रोगका औसधिहरु बितरण गरिएको पशु स्वास्थ सेवा तथा तालिम केन्द्रका तालिम अधिकृत भरत पोखरेलले बताउनुभयो।

    केन्द्रले ग्रामीण भेगमा विभिन्न पशु स्वास्थसम्बन्धी सेवा तथा प्राविधिक तालिमहरु संचालन गर्दै आइरहेको कार्यक्रम अधिकृत डा.बिन्दु ढकालले बताउनुभयो।



    heralokhabar heralokhabar    
  • २६ माघ २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP