logo
  • ५ फाल्गुन २०८२, मंगलवार | Tue, 17 Feb 2026
  • जनताको सारथीको परिचय बनाएका राजन दाहालको अपुरा काम पुरा गर्ने प्रतिवद्धता

    • heralokhabar heralokhabar
    • ५ फाल्गुन २०८२ मंगलवार
    जनताको सारथीको परिचय बनाएका राजन दाहालको अपुरा काम पुरा गर्ने प्रतिवद्धता

    हेरालो खबर

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सिन्धुली क्षेत्र नं. २ का उम्मेदवार लेखनाथ दाहाल(राजन)ले आफ्नो कार्यकालमा सुरु भएका अधुरा विकास निर्माणको कामलाई पूर्णता दिने प्रतिबद्धता गरेका छन् । गत २०७९ मा आफु प्रतिनिधि सभा सदस्य निर्वाचित भएसँगै जिल्लामा प्रशस्त विकास निर्माणका कामहरु गरिएको भन्दै उनले बाँकी रहेका कामलाई पूर्णता दिनका लागि आगामी २१ फागुुनको चुनावमा निर्वाचित गराउन अपील गरेका हुन् । साथै उनले केही नयाँ आयोजनाहरुको पनि थालनी गर्ने प्रतिबद्धता गरेका छन् । जनताको सुख, दुुःखमा सधैँ उपस्थित भएर जनताको सारथीको परिचय बनाएका दाहालले नेपाली कम्युनिष्ट पार्टीको किल्लाको रुपमा रहेको सिन्धुली २ बाट सहज जित हासिल गर्ने विश्वास पार्टी पंक्तिले गरेको छ । चुनावी अभियानमा हिडिरहेका उनले दैनिक सयौँको संख्यामा अन्य पार्टीबाट नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गराइरहेका छन् ।

    राष्ट्रिय प्राथमिकताको आयोजनाहरु सम्पन्न गर्नमा जोड

    दाहालले सिन्धुलीमा अवस्थित राष्ट्रिय प्राथमिकताको आयोजनाहरुलाई समयमै सम्पन्न गर्नका लागि जोड दिने बताएका छन् । सुनकोशी–मरिण ड्राइभर्सन, कोखाजोर जलासययुुक्त आयोजना, चियाबारी–खुर्कोट सुुरुङमार्ग र मरिणमा अवस्थित राँगाको मासु निर्यात गर्ने योजना समयमै सम्पन्न गर्ने पहल गर्ने प्रतिवद्धता उनले गरेका छन् ।

    विकास निर्माणको कामलाई निरन्तरता दिइने

    दाहालले पालिका सदरमुकामदेखि वडा सदरमुकाम सम्मको सडकहरुको स्तरोन्नति गर्ने प्रतिबद्धता गरेका छन् । निर्माणाधिन सडकहरुको लागि आवश्यक वजेट विनियोजन गर्न पहल गर्ने, संघीयताको मर्म अनुसार स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा ग्रामीण सडकहरु निर्माणको लागि पहल गर्ने, कमलामाई नगरपालिका लगायत अन्य पालिकाहरुको आवश्यक ठाउँमा चक्रपथ निर्माण गर्ने बताइएको छ । त्यस्तै, दुम्जा–लालबन्दी सडक निर्माण कार्य सम्पन्न गर्ने, आफ्नो क्षेत्रभित्रका विभिन्न ठाउँमा आवश्यकता अनुसार पक्की पुल निर्माण गर्ने तथा खोला, खहरे र नदी नियन्त्रण गर्न पहल गर्ने प्रतिबद्धता गरिएको छ ।

    कमलामाईमा ट्रमा सेन्टर, मरिण र हरिहरपुरगढीलाई औद्योगिक जोन बनाउने योजना

    उम्मेदवार दाहालले कमलामाई नगरपालिका वडा नं. ६ सिन्धुलीमा मिनि ट्रमा सेन्टर निर्माण गर्न पहल गर्ने प्रतिबद्धता गरेका छन् । ट्रमा सेन्टर स्थापना गरेर विपन्न नागरिकहरुलाई सहुलियतपूर्ण उपचार गर्न पहल गर्ने उनको भनाई छ । उनले विगतमा प्रतिनिधि सभा सदस्य हुँदा सिन्धुलीमा ट्रमा सेन्टरको माग गर्दै संसदमा पटक–पटक बोलेका थिए भने सरकारी निकायलाई पनि घच्घच्याएका थिए । त्यस्तै, मरिण र हरिहरपुरगढी क्षेत्रमा लगानीकर्ता भित्रयाएर औद्योगिक जोन निर्माण गर्न पहल गर्ने पनि उनको योजना छ ।
    त्यस्तै, एक घर एक धारा योजना अन्तरगत स्वच्छ खानेपानीको प्रबन्ध गर्ने, सुनकोशी–मरिण ड्राईभर्सन मार्फत् कमलामाई नगरपालिकाको वडा नं. ४, ५, ६ र ७ मा खानेपानी समस्याको समाधान गर्ने, कृषिमा आधुनिकीकरण, व्यवसायिकरण र यान्त्रिकरणको माध्यमवाट स्थानीय, प्रदेश र संघीय सरकारको साझेदारीमा पालिकामा उत्पादन हुने अन्न, तरकारी, जडिबुुटी लगायत बस्तुहरुको पहिचान र पकेट क्षेत्र निर्धारण गरि व्यवसायिकतामा जोड दिने पनि उनले योजना बनाएका छन् ।

    शैक्षिक हब र पर्यटन हबको रुपमा सिन्धुलीलाई बिकास गर्ने अर्को योजना

    सिन्धुुली जिल्लालाई शैक्षिक हब र पर्यटन हबको रुपमा विकास गर्ने दाहालको अर्को योजना रहेको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधार र शैक्षिक हव निर्माण गर्न पहल गर्ने, सिन्धुलीको पुरातात्विक, धार्मिक, साँस्कृतिक कला केन्द्रहरुको संरक्षण, सम्बर्धन गर्न पहल गर्ने र सिन्धुलीगढी, हरिहरपुरगढी, पञ्चकन्या पोखरी, माइस्थान मन्दिर लगायत संरचनाहरुको निर्माण तथा पुनः निर्माण गरि पर्यटन हबको रुपमा विकास गर्न पहल गर्ने उनको योजना सार्वजनिक भएको छ ।

    त्यसैगरी, ग्रामिण विद्युतीकरणको व्यवस्था गर्न पहल गर्ने, आवश्यक ठाउँमा टेलिकमका टावर निर्माणमा पहल गर्ने, भुमिहिन सुकुम्वासी, अव्यवस्थित वसोवास गर्ने र किसान मजदुरको समस्या समाधान गर्न पहल गर्ने उनको योजना छ ।

    कानुन निर्माणमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता

    दाहालले कानुन निर्माणमा दत्तचित्त भएर लाग्ने र संसदमा प्रभावकारी भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संविधानको मर्म र भावना अनुसार ऐनहरुको निर्माण, विद्यमान ऐनहरुको प्रभावकारी कार्यान्वयन र समयानुकुल संशोधन गर्न पहल गर्ने उनको भनाई छ । संविधानमा व्यवस्था भएको मौलिक हकहरुको व्यवहारिक कार्यान्वयका लागि आवश्यक कानुन निर्माणमा जोड दिने, संघीय शिक्षा ऐन, निजामति कर्मचारी ऐन लगायत अन्य आवश्यक ऐन, नियमावली निर्माण, कार्यान्वय र संविधानको मर्म अनुसार संशोधन गर्न पहल गर्ने दाहालले बताए ।



    heralokhabar heralokhabar    
  • ५ फाल्गुन २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP