logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • पोखराको विन्ध्यवासिनी, भद्रकाली, गुप्तकालिकासहितका शक्तिपीठमा नवदुर्गा महोत्सव सुरु

    • Heralo Reporter Heralo Reporter
    • १७ आश्विन २०८१ बिहीबार
    पोखराको विन्ध्यवासिनी, भद्रकाली, गुप्तकालिकासहितका शक्तिपीठमा नवदुर्गा महोत्सव सुरु

    पोखरा , हेरालाे खबर

    पोखराको विन्ध्यवासिनी, भद्रकाली, कास्कीकोटको गुप्तकालिकासहित पोखरा र आसपासका शक्तिपीठमा नवदुुर्गा महोत्सव सुरु भएको छ ।

    कास्कीकोट दरबारमा रहेको गुप्तकालीमा राष्ट्रशान्तिको कामना गर्दै महोत्सव आरम्भ भएको छ ।

    गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिले महोत्सव आयोजना गरेको हो ।

    नवरात्र प्रारम्भ भएसँगै यहाँका देवीस्थान र कोटमा महोत्सव आयोजना भएका हुन् ।

    परापूर्वकालदेखि तान्त्रिक तथा वैदिक विधिबाट पूजा हुँदै आएको गुप्तकालीमा दशमीसम्म पुजारी मन्दिरमा नै बसेर पूजाआराधना गर्ने प्रचलन छ ।

    विधिपूर्वक कोतघरमा प्रवेश गरी नवमीसम्म नित्य दुर्गा सप्तशती पाठ गरिन्छ ।

    फूलपातीका दिन रामघाटबाट लगेको फूलको डोली विधिवत् गुप्तकालीमा प्रवेश गराएर नवपत्रिकाले पूजा गरिन्छ ।

    फूलपातीकै दिन कुँवर जातिको लोपोन्मुख सैन्य अभ्यास सरुन खेल प्रदर्शन गरिनेछ ।

    अष्टमीको मध्यरातमा कालरात्रि पूजा र नवमीमा पञ्चबलि दिइन्छ ।

    यस अवसरमा नगरा बजाउने, सत्रौँ शताब्दीका ढाल, तरबार र तोप प्रदर्शन गरिन्छ ।

    विन्ध्यवासिनी मन्दिरमा पनि महोत्सव सुरु भएको छ ।

    विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले २०६४ सालदेखि महोत्सव आयोजना गर्दै आएको छ ।

    महोत्सवभर देवीभागवत ज्ञान महायज्ञ पनि हुनेछ ।



    Heralo Reporter Heralo Reporter    
  • १७ आश्विन २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP