logo
  • २१ कार्तिक २०८२, बिहीबार | Thu, 06 Nov 2025
  • सूर्यदर्शन सहकारी ठगी प्रकरण : नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक खनाल पक्राउ

    • Heralo Reporter Heralo Reporter
    • १० कार्तिक २०८१ शनिबार
    सूर्यदर्शन सहकारी ठगी प्रकरण : नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक खनाल पक्राउ

    पोखरा , हेरालाे खबर

    पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम ठगीमा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका वडा नं ८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाल छन् । उनी नेचर हर्ब्स इन्टरनेशनल प्रालिका सञ्चालक र गोर्खा ग्रुप अफ कम्पनीका शेयरधनी हुन् ।

    खनाललाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार काठमाडौँको पानीपोखरीबाट पक्राउ गरेको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

    पक्राउ परेका खनाललाई शुक्रबार नै जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको एसपी बोगटीले जानकारी दिए ।

    सूर्यदर्शन सहकारी प्रकरणमै पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीलगायतलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।

    लमिछाने र जोशी कास्की प्रहरी हिरासतमै छन् । बिहीबार लामिछानेलाई दोस्रो पटक सात दिन र जोशीलाई चौथो पटक सात दिन म्याद थप भएको हो । लामिछाने, जोशीसहित १९ जनाबिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • १० कार्तिक २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP