logo
  • ३ चैत्र २०८१, आईतवार | Sun, 16 Mar 2025
  • गोर्खा ब्वाइज फर्साटिकर कपको क्वाटरफाइनलमा

    गोर्खा ब्वाइज फर्साटिकर कपको क्वाटरफाइनलमा

    हेरालाे खबर

    रुपन्देहीमा जारी १२ औं फर्साटिकर कप–२०८१ मंगलवार बुटवलको गोर्खा ब्वाइज क्लब विजयी हुँदै अन्तिम आठमा प्रवेश गरेको छ ।

    फर्साटिकर युवा क्लबको आयोजना सञ्चालित प्रतियोगिताको चौथो दिन समूह ‘बी’ मा गोर्खा ब्वाइजले पाल्पा न्यु युथ युनियनलाई ३-१ ले पराजित गरेको हो ।

    गोर्खा ब्वाइजका मनिष तामाङले २ र अनुज गैरेले १ गोल गरे । यु युथ युनियनका रन्जित थापाले गोल गरे ।
    गोर्खा ब्वाइजका मनिष तामाङ प्लेयर अफ दि म्याच घोषित भएका छन् ।

    गोर्खा ब्वाइजले पुस २७ गते भारत आसमको इन्टर नर्थ इस्ट एफसीको सामना गर्नेछ । प्रतियोगितामा बुधवार भैरव स्पोर्टस क्लब, नवलपरासी र ज्योतिपुञ्ज युथ क्लब, पाल्पा रामपुरबिच खेल हुने छ ।

    नेपालका विभिन्न जिल्ला र भारतको गरि १२ टोलीको सहभागिता रहेको छ। माघ २ गतेसम्म चल्ने र प्रतियोगिताको विजेताल ३ लाख ५ हजार रुपैंया, दोस्रो टोलीले १ लाख ५० हजार ५ रुपैयाँ सहित कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने आयोजक क्लब अध्यक्ष मुकेश कुँवरले बताए ।



    Heralo Reporter Heralo Reporter    
  • २३ पुष २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP