हेरालाे खबर
रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो ।
क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ प्लस तथा मास्टर भेट्रान्स ६० प्लस डबल्स गरी ६ विधामा प्रतिस्पर्धा हुने क्लबका द्वितीय उपाध्यक्ष तथा खेल संयोजक तुल्सीराम भट्टराईले जानकारी दिए ।
प्रतियोगितामा साढे २६ लाख रुपैयाँ खर्च हुने अनुभान गरिएको क्लबका अध्यक्ष पंकज ज्ञवालीले बताए ।नवदिलिप कभर्ड हल र लुम्बिनी कभर्ड हलमा खेलाइने प्रतियोगितामा नेपालका ओलम्पियन प्रिन्स दहालसहित देशभरका ३ सयभन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छन् ।
नेपाल ब्याडमिण्टन संघको सहयोग र स्विकृतीमा हुने प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको र्याङ्कीङ पनि हुनेछ ।
प्रतियोगिताको मेन्स सिंगलको ५० हजार, दोस्रो ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी, उमन्स सिंगलको विजेता ३० हजार, दोस्रो २० हजार र तेस्रोले १० हजार रुपैयाँको पुरस्कार राखिएको छ ।
यसैगरी, मेन्स डबल्सको विजेता ५० हजार, दोस्रोले ३० हजार र तेस्रो २० हजार रुपैयाँ पाउनेछन् । यसैगरी, भेट्रान्स ४५ प्लस डबल्सको विजेताले ४० हजार, दोस्रो
ले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पाउनेछन् ।
भेट्रान्स ५५ प्लस डबल्सको विजेताले २० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पाउनेछन् ।
प्रतिक्रिया