logo
  • २१ कार्तिक २०८२, बिहीबार | Thu, 06 Nov 2025
  • सलाहको २ गोलमा लिभरपुलको रोमाञ्चक जित

    सलाहको २ गोलमा लिभरपुलको रोमाञ्चक जित

    हेरालाे खबर

    एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा फरवार्ड मोहम्मद सलाहको दुई गोलमा शीर्षस्थानको लिभरपुलले रोमाञ्चक जित हासिल गरेको छ ।

    लिभरपुलले आइतवार साउथह्याम्प्टनमाथि ३-२ गोलको रोमाञ्चक जित हासिल गरेको हो । साउथह्याम्प्टनको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले २ तथा डोमिनिकले एक गोल गरे । घरेलु टोलीका लागि एडम आर्मस्ट्रङ र माटियुस फर्नान्डेसले गरेको गोल गरे ।

    डोमिनिकको गोलमा ३०औं मिनेटमा लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो । ४२औं मिनेटमा घरेलु टोलीका एडमले बराबरी गोल फर्काए । साउथह्याम्प्टनका लागि ५६औं मिनेटमा फर्नान्डेसले गोल गर्दै टोलीलाई २-१ को अवस्थामा पुर्याए ।

    लिभरपुलका लागि ६५औंमा बराबरी गोल गरे ।८३औं मिनेटमा सलाहले निर्माणयक गोल गर्दै टोलीलाई३ अंक दिलाएका थिए ।

    जितसँगै लिभरपुलले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । १२ खेलबाट लिभरपुलको ३१ छ । समान खेलबाट २३ अंक रहेको म्यानचेस्टर सिटी दोस्रो तथा २२ अंक रहेको चेल्सी तेस्रो स्थानमा छ । साउथह्याम्प्टन १२ खेलबाट ४ अंक सहित तालिकाको पुछारमा छ ।



    Heralo Reporter Heralo Reporter    
  • १० मंसिर २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP