logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • दसैं बिदा आज सकिएकाे छ, सरकारी कार्यालय खुले

    • Heralo Reporter Heralo Reporter
    • २९ आश्विन २०८१ मंगलवार
    दसैं बिदा आज सकिएकाे छ, सरकारी कार्यालय खुले

    पोखरा , हेरालाे खबर

    दसैंको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ । आजदेखि नै सरकारीसहितका कार्यालय खुलेका छन् ।

    दसैंको फूलपाती अर्थात् असोज २४ देखि सुरु भएको बिदा आज त्रयोदशीका दिनदेखि खुल्न लागेको हो । गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन बिदा दिने निर्णय गरेको छ ।

    यसैबीच विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमा अर्थात कात्तिक १ सम्मनै जारी रहनेछ ।

    जसअनुसार आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहेको छ।



    Heralo Reporter Heralo Reporter    
  • २९ आश्विन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP